Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशंखरापुर नगरपालिकाद्वारा सय दिनको काम सार्वजनिक

शंखरापुर नगरपालिकाद्वारा सय दिनको काम सार्वजनिक


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधबार साँखुमा एक कार्यक्रमको आयोजना गरी नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिहरूको एक सयदिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

सय दिनको अवधिमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुषमा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा निःशुल्क तथा ११ वटा उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको र मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको उनले जानकारी गराए । यस्तै शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जनप्रतिनिधिहरू, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको सामूहिक प्रयासबाट मात्रै शंखरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास सम्भव रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया