Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेप्से १८ सय ५३ अंकमा, ६३ करोड २४ लाखको सेयर खरिद–बिक्री

नेप्से १८ सय ५३ अंकमा, ६३ करोड २४ लाखको सेयर खरिद–बिक्री


काठमाडौं ।  दशैं बिदा अघिको अन्तिम दिनको सेयर कारोबार सुखद देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार बजार परिसुचक एवं कारोबार रकम दुबै बढेका छन ।

अघिल्लो दिन छ दशमलव ४१ अंकले उकालो लागेको सेयर बजार परिसुचक आज १६ दशमलव २९ अंकले उकालो लागेर १८ सय ५३ दशमलव ७६ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ८३ अंकले उकालो लागेर तीन सय ६३ दशमलव ४२ बिन्दुमा चढेको छ ।

आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १४ हजार दुई सय ९८ पटकको कारोबारमा १७ लाख ९१ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज ६२ करोड २४ लाख सात हजार छ सय २८ रुपैयाँको सेयर किनबेच भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये जीवन बीमा उपसमुहको सुचक पाँच दशमलव ६१ अंकले ओरालो लागेर आठ हजार सात सय १४ दशमलव २५ बिन्दुमा झरेकोमा बाँकी उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया