Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री

१९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार पुनः १९ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही असोज ९ गते पनि राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी यही असोज २३ गते आइतबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको छ । जसमध्ये ९१ दिनेको २०७९ पुस १९ गते र एक सय ८२ दिने अवधिको २०७९ चैत २१ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएका ती ट्रेजरीहरु पुरानो नवीकरणअन्तर्गतका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया