Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडक स्तरोन्नतिका लागि सोलुखुम्बुलाई थप १० करोड बजेट

सडक स्तरोन्नतिका लागि सोलुखुम्बुलाई थप १० करोड बजेट


सोलुखुम्बु, फागुन १९

सोलुखुम्बुको विभिन्न सडक स्तरोन्नतिको लागि थप १० करोड बजेट प्राप्त भएको छ । संघीय सरकार मातहत सडक विभागले उक्त बजेट व्यवस्था गरेको बताइएको छ । जिल्लाको रोक्ति बुढीडाँडा महाकुङ र सल्लेरी नेचा सल्यान जोड्ने सडकको स्तरोन्नतिमा उक्त बजेट खर्च गरिने संघीय सांसद हेमकुमार राईले जानकारी दिए । जनतामाझ गरिएको प्रतिबद्धता र आवश्यकतालाई ध्यानमा राखेर उक्त बजेटको लागि पहल गरिएको भन्दै सांसद राईले यथाशिघ्र कार्यान्वयनको लागि सडक डिभिजन कार्यालयलाई निर्देशनसमेत दिएका छन् । हरेक गाउँबस्ती जोडिएको सडकलाई गुणस्तरीय बनाउँदै सहज यातायातको पहुँचमा जोड्ने योजनाअनुसार काम भइरहेको भन्दै सांसद राईले दिगो विकासमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।सल्लेरीदेखि देउसाको रोक्ति हुँदै तीन गाउँपालिकाको नागरिकले यात्रा गर्ने सडक निकै साँगुरो र ग्रेड नमिलेका कारण पहिलो ध्यान त्यसतर्फ भए पनि अन्य क्षेत्र जोड्ने सडकका लागि पनि थप बजेटको व्यवस्था गरिरहेको राईले जानकारी दिए ।

जिल्लालाई राजधानीसँग जोड्ने ओखलढुंगा–जन्तरधाप–फाप्लु सडकखण्डपछि दोस्रो व्यस्त सडकको रूपमा जोरबौद्ध–नेले–रोक्ति सडकखण्ड नै पर्छ । यस्तै नेचा सल्यान जाने सडक पनि जोखिमपूर्ण भएकाले थप बजेटबाट स्तरोन्नति गर्ने भन्दै सांसद राईले कालोपत्रेको लागि समेत पहल भइरहेको बताए । आफ्नो कार्यकालमा जिल्लाको सम्पूर्ण क्षेत्रमा बाह्रै महिना सडक सञ्चालन गर्ने, हरेक बस्तीमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पु¥याउने, फोरजी सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँचमा नागरिकलाई जोड्ने र पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत क्रमैसँग सञ्चालन गरिने सुनाए । यस्तै प्राविधिक शिक्षालय, कृषिमा आधुनिकीकरणमा समेत उत्तिकै जोड दिइने सांसद राईको भनाइ छ । जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेको राईले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया