Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल मलको सुपर कट सैलुनमा दशैँ अफर, सबै किसिमका सेवामा छुटैछुट

सिभिल मलको सुपर कट सैलुनमा दशैँ अफर, सबै किसिमका सेवामा छुटैछुट


काठमाडौं । हाम्रो कट, राम्रो कट, सुपर कट भन्ने नारासहित सञ्चालनमा आएको काठमाडौंको सिभिल मलमा रहेको सुपर कट सैलुनले चाडपर्वको अवसरमा छुटैछुटको अफर ल्याएको छ । उत्कृष्ट सेवाको कारण सबैको रोजाईमा पर्न सफल भएको यो सैलुनले चाडपर्वलाई अझै रमाइलो र उल्लासमय बनाउनको लागि आफ्ना विभिन्न सेवाहरुमा छुटैछुटको अफर ल्याएको उक्त सैलुनका सञ्चालक वीरेन्द्र ठाकुरले जानकारी दिए ।

सञ्चालक ठाकुरका अनुसार चाडपर्वका अवसरमा केराटिनमा ५० प्रतिशत, हेयर स्टे«टमा ५० प्रतिशत, हेयर कलरमा ३० प्रतिशत, फेसियलमा ३० प्रतिशत छुट दिने अफर ल्याइएको हो । यसैगरी सीमित अवधिको लागि सबै किसिमको सेवामा २० प्रतिशतसम्म छुट दिनेछ । सैलुनका सञ्चालक ठाकुरका अनुसार यो छुट अफर दशैँ र तिहारसम्म कायम रहनेछ । ‘तालिम प्राप्त कुशल र अनुभवी कर्मचारी, ग्राहकहरुप्रति गरिने व्यवहार र उत्कृष्ट सेवा कै कारण सैलुन सबैको पहिलो रोजाइमा पर्न सफल हाम्रो यो सैलुनले चाडपर्वलाई अझै उल्लासमय बनाउन यो अफर ल्याएको हो’, ठाकुरले भने, ‘हामीकहाँ सामान्य ग्राहकदेखि लिएर कलाकार, पत्रकार, गायक गायिका, मोडल, बैंकर, सबै किसिमका व्यवसायीहरु सेवाको लागि आउनुहुन्छ ।’ उनीहरुले उत्कृष्ट सेवाकै कारण नियमितरुपमा सौन्र्दयसम्बन्धी सबै सेवाको लागि सुपर कटमा नै आएको बताए ।

ठाकुरले सुपर कट सैलुनको शाखा राजधानीका अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी दिए । सिभिल मलभन्दा अघि राजधानीकै कुमारी पाटीमा समेत सेवा दिएको र हाल अमेरिकाको न्युयोर्क र र युएईको अबुधावीमा पनि शाखा सञ्चालनमा रहेको ठाकुरले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया