राजस्व चुहावट आरोपमा चार जनाविरुद्ध १८ लाख बिगो माग
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार ललितपुर, धापाखेल बस्ने रामशरण बोगटीसहित चार जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।बोगटीसहित ललितपुर, इमाडोल बस्ने नमराज तिमिल्सना, अछामका तीर्थराज ढकाल र सिरहाका अमितकुमार साहले राजस्व चुहावट गरेको विभागको आरोप रहेको छ । बोगटी नुवाकोट लुखु–३ र तिमिल्सैना अछाम, पञ्चदेवल विनायक–१ का हुन् ।
उनीहरूले भारतमा उत्पादित बिल बीजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा, दर्ता भएभन्दा फरक नम्बरको प्लेटको ढुवानी साधनको प्रयोग गरेको पाइएको छ । उनीहरुले तीन सय ११ किलो रजनीगन्धा काठमाडौंमा बिक्री गर्ने उद्देश्यअनुरुप ल्याइएका हुन् ।
जसमा नेपाली सेनाको लोगोसहितको ब्यानर समेत टाँस गरी ढुवानी गरेर काठमाडौं लगायतका क्षेत्रमा बेचबिखन गर्ने र सोबाट प्राप्त हुने आयमा प्रचलित कानुनबमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) दफा ३ र ४ बमोजिम राजस्व चुहवाट गरेको विभागको भनाइ छ ।
सोसँगै विभागले १८ लाख ४६ हजार ७३४ रुपैयाँ बिगो कायम गरी उनीहरू चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामानसहित बरामद गरिएको ट्रक समेत जफत गरिने विभागको भनाइ छ । उनीहरुलाई जरिवानाका साथै कैद सजायको समेत माग गरिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया