Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअलपत्र पर्यटकको तत्काल उद्धार गर्न निर्देशन

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न निर्देशन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपत्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरू बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए । अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनिहरूलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरू पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरू बीचबाटोमै अलपत्र परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया