Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाप्लु अस्पताललाई लायन्स क्लबद्वारा ३० लाखको उपकरण सहयोग

फाप्लु अस्पताललाई लायन्स क्लबद्वारा ३० लाखको उपकरण सहयोग


सोलुखुम्बु, फागुन २०

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुलाई लायन्स क्लब इन्टरनेशनलले करिब ३० लाखबराबरको उपकरण सहयोग गरेको छ । क्लबले प्रसुतिका लागि अतिआवश्यक १२ प्रकारका उपकरणहरू सोमबार एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त उपकरण हस्तान्तरण गर्दै लाइन्स क्लव इन्टरनेशनल ३२५ ए वानका पूर्वगभर्नर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आकर्षणको केन्द्र भएकाले सोलुखुम्बुलाई आफूहरूले सहयोग गरेको बताए ।उनले पर्यटनको आकर्षणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवा सुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएकोमा जोड दिए ।

उपकरण हस्तान्तरण गर्दै फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गरे । उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अतिआवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए । सामान पाएपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ । उपकरण सहयोगले जिल्लाको मातृशिश मृत्युदर कम हुने भएकाले क्लबले ठूलो पुण्यको काम गरेको अध्यक्ष राईको भनाइ छ । लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडौँ माकलबारीले गरेको क्लबले जनाएको छ । अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब एक लाख २५ हजार रूपैयाँबराबर खर्च भएको लाइन्स क्लब काठमाडाँै माकलबारीका प्रेसिडेन्ट राजेन्द्र कोइरलाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया