काठमाडौं । दर्ता नैं नभएको सहकारी संस्थाको नाउँ लिएर रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार ठगी कार्यमा संलग्न भएको आरोपमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ५६ बर्षिय मणी कुमार थापालाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक कोईरालाका अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नं ४ घर भई हाल ललितपुरको कुशुन्ती बस्ने नरेन्द्र कुमार भुललाई ललितपुरको महालक्ष्मी न.पा इमाडोल बस्ने थापाले आफु काठमाडौको चण्डोलस्थित चण्डोल बहुउदेश्यीय सहकारी संस्थाको सञ्चालक हुं, उक्त सहकारी संंस्थाबाट ३० लाख रुपैंयाँ ऋण मिलाई दिन्छु भनि सहकारी संस्थाको खाता खोल्ने फारम, सदस्य पहिचान फारम, शेयर दरखास्त फारम समेत भर्न लगाई बिश्वासमा पारेको अनुसन्धानबाट खुलेको थियो । सो पश्चात थापा उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउने तीन लाख रुपैंयाँ र सेवा शुल्क बापत १२ हजार रुपैंयाँ समेत गरी तीन लाख १२ हजार रुपैंयाँ रकम लिई ऋण नदिलाई, झुक्याई ठगी गरी सम्पर्क बिहिन भएका थिए ।
यसरी ठगिएको जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको र सोही जाहेरीको आधारमा अनुसन्धान गर्दा उक्त सहकारी संस्था दर्ता नरहेको पाईएको थियो । सो पश्चात प्रतिवादी थापाको नाउँमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएपश्चात यही असोज ३१ गते थापालाई ललितपुरको महालक्ष्मी न.पाको इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कोईरालाको भनाई छ । पक्राउ परेका थप कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको जानकारी पनि उनले दिए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया