काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कारोबार दायित्व बढेसँगै पछिल्लो समय खर्च पनि उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा सञ्चालन रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ६० वटा संस्थाहरुले सात अर्ब ३४ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त खर्चमध्ये कर्मचारीहरुको तलब भत्तामा चार अर्ब ४६ करोड ६० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा दुई अर्ब ८७ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यो खर्च गत आवको सोही अवधिको तुलनामा ८६ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीको पारिश्रमिक शीर्षकमा चार अर्ब १० करोड र कार्यालय व्यवस्थापनमा दुई अर्ब ४६ करोड ९० लाख रुपैयाँ समेत गरी कुल छ अर्ब ४७ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् ।
चालू आवको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुको कुल खर्च भने ७४ करोड ८० लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा वाणिज्य बैंकहरुले कर्मचारीको पारिश्रमिक शीर्षकमा तीन अर्ब ९१ करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा दुई अर्ब ६० करोड ९० लाख रुपैयाँ समेत गरी कुल छ अर्ब ४२ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले कर्मचारीको पारिश्रमिकमा तीन अर्ब ५४ करोड ४४ लाख र कार्यालय व्यवस्थापन शीर्षकमा दुई अर्ब १३ करोड ६० लाख रुपैयाँ समेत गरी कुल पाँच अर्ब ६८ करोड रुपैयाँ खर्च गरेका छन् ।
विकास बैंकहरुले भने चालू आवको पहिलो महिनामा कर्मचारीको पारिश्रमिकमा ४५ करोड ६० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा २७ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ७२ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा नौ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुको यी दुई शीर्षकको कुल खर्च ६३ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले भने चालू आवको पहिलो महिनामा कर्मचारीको पारिश्रमिक र कार्यालय व्यवस्थापन समेतमा गरी कुल १९ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने फाइनान्सहरुले कर्मचारीको पारिश्रमिक शीर्षकमा नौ करोड ६० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा छ करोड ९० लाख रुपैयाँ खर्च गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया