Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुका दुई हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप

सोलुखुम्बुका दुई हजार बढी बालबालिकालाई दादुरा रुबेला खोप


सोलुखुम्बु, फागुन २१
दादुरा तथा रुबेलाविरुद्धको खोपअन्तर्गत सोलुखुम्बुमा पहिलो चरणमा दुई हजारभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप कार्यक्रमबाट जिल्लाका तीन स्थानीय तहका दुई हजार ८६ जना बालबालिकालाई खोप लगाइएको हो ।जिल्लामा पहिलो चरणमा खोप सञ्चालन भएका लिखुपिके, महाकुलुङ र सोताङ गाउँपालिकाभित्रका बालबालिकालाई खोप लगाइएको हो । जसअन्तर्गत लिखुपिके गाउँपालिकामा तीन सय ७७ जना बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण साहले जानकारी दिए ।

त्यस्तै सोताङ गाउँपालिककामा सात सय ७० जना बालबालिकालाई खोप लगाइएको छ भने महाकुलुङ गाउँपालिकाका नौ सय ३९ जना बालबालिकालाई खोप लगाइएको साहको भनाइ छ । पहिलो चरणको कार्यक्रम सम्पन्न भएको जिल्लामा अहिले दोस्रो चरणको कार्यक्रम जारी रहेको छ । दोस्रो चरणको खोप कार्याक्रम सञ्चालन गरिएका नेचासल्यान गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिकामा कार्यक्रम सम्पन्न भए पनि सोलुदुधकुण्ड नगरपालिकामा भने कार्यक्रम जारी रहेको साहले बताए । जसअन्तर्गत थुलुङदुधकोशी गाउँपालिकामा एक हजार चार सय ७७ जना बालबालिकालाई खोप लगाइएको छ । यता नेचासल्यान गाउँपालिकामा भने सात सय सात जना बालबालिकालाई खोप लगाइएको छ । तेस्रो चरणमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया