Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्यालयको परीक्षा चैत्र ५ गतेभित्र सक्न मन्त्रालयको निर्देशन

विद्यालयको परीक्षा चैत्र ५ गतेभित्र सक्न मन्त्रालयको निर्देशन


काठमाण्डौँ,फागुन २१
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सक्न निर्देशन दिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९)को सङ्क्रमण र सन्त्रासलाई मध्यनजर गर्दै मन्त्रालयले शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह तथा वार्षिकउत्सवलगायतका कार्यक्रम पनि नगर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया