Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘टिकाभैरव र लेले क्षेत्र व्यापारिक हब बन्न सक्छ’

‘टिकाभैरव र लेले क्षेत्र व्यापारिक हब बन्न सक्छ’


काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्नसके टिकाभैरव र लेले क्षेत्र अर्को थानकोट, नारायणघाटजस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

ललितपुर क्षेत्र नं १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेको नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए । मंगलबार टिकाभैरवमा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले कान्ति लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नुपरेको बताए । २०७४ सालपछि विकासभन्दा पनि विनाश बढी भएको भन्दै उनले आफूहरु जितेर गएपछि कान्ति लोकपथ सडकलाई प्राथमिकताका साथ विकास गर्ने प्रतिबद्धता जनाए । ‘यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौँ’, उनले भने ।

त्यस्तै क्षेत्र नं १ प्रदेश सभा (ख) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया