Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत


काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पु-याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।

देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नाष्टले २०७८ सालको विभिन्न पुरस्कार बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । कार्यक्रममा कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा. कोमलराज रिजाल, प्रविधि पुरस्कार प्राडा सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा. लक्ष्मीकुमार पराजुली, डा. निरञ्जन कोइराला, डा. प्रदीपकुमार पौड्याल, डा. रक्षा डङ्गोल, डा. अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबिता पौडेललाई प्रदान गरिएको थियो ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इञ्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इञ्जिनीयरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रालि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा. टेकप्रसाद गोतामे पुरस्कृत भएका छन् ।

कार्यक्रममा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ठ योगदान पु-याएका प्राडा प्रेमनाथ मास्के, प्राडा भद्रमान तुलाधर, डा. सुशीला भट्टराई, डा. केदार बुढाथोकी र बिमला मास्केलाई पनि सम्मान गरिएको थियो । पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रुपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताए ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले उनले सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा उपकुलपति श्रेष्ठले बाली विज्ञान शव्दकोषसम्बन्धी पुस्तकको विमोचन पनि गरेका थिए । कार्यक्रममा नाष्टका सचिव डा. महेशकुमार अधिकारीले कोभिड महामारीका कारण अघिल्लो वर्षको पुरस्कार यस वर्ष वितरण गर्नुपरेको बताए । नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्र र मुख्य प्राविधिक दीनबन्धु पराजुलीले वैज्ञानिक तथा प्राविधिकको योगदानबारे जानकारी गराएका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया