Techie IT
×
गृहपृष्ठbreakingवैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं । बेलायत पठाइदिन्छु भनी नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएपछि उनलाई काठमाडौं पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनीउपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

४४ भारतीय नागरिक अनलाइन सट्टेबाजी गर्दागर्दै पक्राउ
नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाइन लाइभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटहरुमार्फत व्यावसायिक रुपमा अनलाइन सट्टेबाजी (जुवा) खेली/खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले अनलाइन लाइभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा व्यावसायिकरुपमा सट्टेबाजी (जुवा) मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूउपर जुवा ऐनअन्तर्गत कारबाहीको लागि अनुसन्धान कार्य भइरहेको जानकारी प्रहरीले दिएको छ ।

 

 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया