Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्सामा फोहोर र अस्वस्थकर माछामासु खान बाध्य

पर्सामा फोहोर र अस्वस्थकर माछामासु खान बाध्य


वीरगञ्ज, फागुन २३

पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बजारहरूमा चौपाया पशु, कुखुराको मासु तथा माछा बिक्री वितरण गर्ने स्थानहरू व्यवस्थित नहुँदा ग्रामीण क्षेत्रका उपभोक्ताहरू फोहर र अस्वथकर माछामासु खान बाध्य भएका छन् । खुला अकाशमुनि सरसफाइ तथा न्यूनतम मापदण्डसमेत पालना नगरेको पसलहरूले ग्रामीण भेगमा माछामासुको बिक्री वितरण गर्दै आइरहेका छनन् । बाटो, चौर खोला नाला सबैतिर खसी, बोका, कुखुरा, बंगुरहरू काटेर बिक्री हुने गरेको छ । तर, स्थानीय निकाय र प्रहरी प्रसाशनले निगरानी गरेको छैन । मासु पसल बनाउँदा मार्वल लगाएको पक्की हुनुपर्ने, पसलमा प्रयोग हुने भाँडाकँुडा, पानी, मासु काट्ने औजारहरू सफालगायत फ्रिज पसलमा भएको हुनुपर्नेजस्ता मापडण्डहरू रहेका छन् ।

तर, न्यूनतम मापदण्डसमेत पूरा नगरी मासु पसल सञ्चालन भइरहेकको बालकुमार सहनीले बताए । उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पूरा नगरेको उपभोक्ता हित संरक्षणका जानकारहरूको भनाइ छ । ग्रामीण क्षेत्र जानकिटोला, भिस्वा, लंगडी, पोखरीया, महुवन, डकैला, पचरुखी, सेढ्वा, महादेवपट्टी, सुवर्णपुर, मानवा, रङ्गपुर, विजयबस्ती, ठोरीलगायतको हाटबजारमा समेत फोहर स्थानमा माछामासु बिक्री हुने गरेको छ । माछामासु व्यवस्थापनको लागि जिल्ला पशु कार्यालय विरगञ्ज र स्थानीय तहहरूमा व्यापकरूपमा कार्यक्रमको नाउँमा रकमको चलखेल भइरहेकोले स्थानीय तहले माछामासु बिक्री वितरणमा व्यवस्थापन गर्न नसकेको स्थानीयहरूको आरोप रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया