Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअघिअघि कांग्रेस पछिपछि एमालेचर्चित अनुहार पराजित-पछाडि

अघिअघि कांग्रेस पछिपछि एमालेचर्चित अनुहार पराजित-पछाडि


काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको मतगणना जारी छ । मंगलबारको गणनाबाट विभिन्न राजनीतिक दलका केही चर्चित अनुहार पराजित भएका छन् भने केही चर्चित अनुहार गणनामा पछि परेका छन् । यद्यपि नेपाली कांग्रेसका प्रकाशमान सिंह, युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, प्रदीप पौडेललगायतले निर्वाचन जितेका छन् । थापाले आफू प्रधानमन्त्रीको लागि संसदीय दलको नेता बन्ने अभियानमा लाग्ने पहिला नै घोषणा गरिसकेका छन् ।

मंगलबारसम्म नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा एकीकृत समाजवादीका महासचिव जगन्नाथ खतिवडालगायतका केही चर्चित अनुहार पराजित भएका छन् भने नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, एमालेका महासचिव शंकर पोखरेल, समाजवादीका नेता झलनाथ खनाललगायतका नेताहरु मतगणनामा पछि परेका छन् ।

मंगलबार रातिसम्म नेपाली कांग्रेसले सात, नेकपा एमालेले तीनवटा प्रतिनिधिसभाका क्षेत्रमा जित निकालेका छन् भने केही क्षेत्रमा अन्तिम मतगणना भइरहेको छ । कांग्रेसले सात स्थानमा जित निकाल्दा ४४ स्थानमा अग्रता लिएको छ भने एमालेले तीन स्थानमा जित निकाल्दा ४५ स्थानमा अग्रता लिएको छ । समानुपातिकतर्फ भने नेपाली कांग्रेसभन्दा नेकपा एमाले अगाडि छ । सुरुदेखि नै एमालेले समानुपातिक मतमा कांग्रेसलाई जित्दै आएको छ ।

सोमबार र मंगलबारसम्म आएका परिणामहरुले यो आम निर्वाचनमा नेपाली कांग्रेस अगाडि र एमाले दोस्रो हुने संकेत देखिएको छ । यद्यपि यी दुई पार्टीमा प्रथम हुनका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको कारण यही हुन्छ भन्न सकिने अवस्था छैन । अघिल्लो पटक अत्यन्त कमजोर देखिएको एमालेले मधेश प्रदेशमा यसपटक राम्रै मत ल्याइरहेको छ । सोही कारण एमालेले समानुपातिकतर्फ कांग्रेसलाई पछाडि पारेको देखिन्छ । एमालेले हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट गुमाए पनि समानुपातिकमा भने कांग्रेसलाई उछिनेको छ । एमालेले प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ उक्त जिल्लामा सबैभन्दा धेरै मत ल्याएको छ ।

मत परिणामहरुले एमालेका हस्ती नेताहरु भने पराजित हुने संकेत मिलेको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओली भने निर्वाचित हुनेमा कुनै शंका छैन । उनले आफ्नो क्षेत्र झापा–५ मा नेपाली कांग्रेसका उम्मेदवारलाई धेरै पछि पारेका छन् । एमालेपछि माओवादी केन्द्रले धेरै स्थान जित्ने देखिएको छ भने राप्रपा र नेपाल स्वतन्त्र पार्टीबीच पनि राम्रै प्रतिस्पर्धा छ । अहिलेसम्मको मत परिणामअनुसार स्वतन्त्र पार्टीले माओवादीले भन्दा धेरै मत समानुपातिकमा ल्याउने हो कि भन्ने देखिएको छ ।

नेपाली कांग्रेसले जितेका क्षेत्रहरु :
१. योगेश गौचन थकाली, मुस्ताङ
२. टेकबहादुर गुरुङ, मनाङ
३. प्रकाशमान सिंह काठमाडौं–१
४. मोहन आचार्य, रसुवा
५. गगन कुमार थापा, काठमाडौं–४
६. प्रदीप पौडेल, काठमाडौं–५
७. सन्तोष चालिसे, काठमाडौं–३
नेकपा एमालेले जितेका क्षेत्रहरु :
१. प्रेम बहादुर महर्जन, ललितपुर–१
२. कृष्णगोपाल श्रेष्ठ, काठमाडौं–९
३. अम्बर बहादुर रायमाझी, उदयपुर–२
नागरिक उन्मुक्ति पार्टीले जितेका क्षेत्रहरु :
१. गंगाराम चौधरी, कैलाली–३


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया