Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचुनावको मौका पारेर मैदाको तस्करी

चुनावको मौका पारेर मैदाको तस्करी


विराटनगर । भारतबाट तस्करी गरी सुनसरी मोरङ औद्योगिक क्षेत्रसम्म सामान पु-याउने गिरोह निर्वाचनको मुखमा सक्रिय भएकै अवस्थामा विराटनगर भन्सारको गस्ती टोलीले पक्राउ गरेको छ ।

नेपाल–भारतबीचमा रहेको खुला सीमानाकाको फाइदा लिँदै आएको यो तस्कर गिरोहले पूरै मुलुक निर्वाचनमा होमिएको बेला विराटनगरमा भारतदेखि तस्करी गरी क्यारिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना र सवारीचालक समेत पक्राउ परेपछि विराटनगरबाट हुँदै आएको तस्करीको डरलाग्दो सञ्जाल सार्वजनिक भएको हो । पछिल्लो केही महिना अगाडिदेखि भारतले निर्यात गर्दै आएको गहुुँमा निर्यात प्रतिबन्ध लगाएपछि चुनावको मुुखमै तस्करहरुले मैदा नै तस्करी गर्नेगरेको रहस्य खुलेको हो । भन्सारप्रमुखकै नेतृत्वमा गस्तीमा निस्किएको भन्सार गस्तीटोलीले मैदा तस्करसहित मैदा लोड गरिएका गाडीसहितलाई उक्त गस्ती टोलीले पक्राउ गरेको थियो । पक्राउ गरिएको गाडी र मैदासहितको भुुद्दामा पुनः विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाको इजालसले पक्राउ परेका पाँच जना प्रतिवादीहरूको हकमा २१ लाख ८६ हजार पाँच सय रुपैयाँ धरौटीमा छोड्न आदेश गरेपछि अहिले सबै रिहा भएको जानकारी विराटनगर भन्सारले दिएको हो ।

विराटनगर भन्सारले गरेको आदेशबराबरको धरौटी रकम बुझाएर पक्राउ परेका प्रतिवादीहरू पाँचै जनाको हकमा कसुरको मात्र हेरेर धरौटी खुलाएको दाबी विराटनगर भन्सारको छ । रिहा भएकाहरुमा भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाई दुई लाख ४४ हजार, सुनसरीको हरिनगरा गाउँपालिका वडा नं ७ का वर्ष ३७ का जमसेद आलम छ लाख ४४ हजार दुर्ई सय ५० रुपैयाँ, सोही ठाउँका २२ वर्षीय नाजिर खान चार लाख ३१ हजार चार सय, १८ वर्षीय असरफ अलि चार लाख ७० हजार, २३ वर्षीय फिरोज मियाँले तीन लाख ९६ हजार पाँच सय रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएको भन्सार कार्यालयले जनाएको हो । पक्राउ परेकामध्ये तस्करीको मुख्य गिरोह चलाउँदै आएको जमसेर आलम र भारतीय नागरिक रिजवान रहेको रहस्य पनि खुलेको छ । उनीहरूले भारतदेखि लामो समयदेखि तस्करी गरी ल्याउँदै गरेको मैदा विराटनगरका व्यापारीहरुलाई बिक्री गर्दै आएको र उक्त मैदा ल्याउने क्रममा विराटनगर भन्सार कार्यालयको भन्सार गस्ती टोलीले बरामद गरेको थियो ।

भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको पाँच सय पाँच बोरा मैदासहित पाँचै जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका रिजवानले नेपाल भारत सीमा क्षेत्रमा २४सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलाएर तस्करीको मैदा प्रहरीकै स्किटिङ्गमा व्यापारीकहाँ पु-याउने गरेको दाबी पनि समाचारस्रोतले गरेको हो । तस्करीको मैदा गन्तव्यसम्म पु-याउन मैदा तस्कर स्वयम् चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कारसहित मैदा बोकेको चारवटा गाडी भन्सारले नियन्त्रणलाई लिएको थियो । विराटनगर भन्सारले मुद्दाको फैसला नभएसम्म सवारीसाधन भने नियन्त्रणमा लिएर राखेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया