Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिन लम्बियो हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर ?

किन लम्बियो हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर ?

जेलमा रहेका तामाङको हितअनुकूल हुने गरी मर्जर भाँड्ने खेलमा सिभिलका सीईओ पोखरेल


काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौता भएको चार महिना पुगिसकेको छ । यो अवधिमा दुवै बैंकले मर्जरको सबै प्रक्रिया पूरा गरी एकीकृत कारोबारको मिति घोषणा गरिसक्नुपर्नेमा अझैसम्म त्यसो हुनसकेको छैन । यी दुवै बैंकले २०७९ असार २९ गते बुधबार एक आपसमा मर्ज गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षार गरेका थिए । तत्कालीन समयमा भएको उक्त सम्झौतामा हिमालयनका तर्फबाट सञ्चालक समिति अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष प्रताप जंग पाण्डेले हस्ताक्षार गरेका थिए ।

मर्जरको लागि उक्त सम्झौता भएलगत्तै उक्त मर्जर भाँड्न सिभिल बैंककै एउटा समूह सक्रिय भएर लागेको थियो । स्रोतका अनुसार सोही कारण मंसिर लागिसक्दा पनि यी दुई बैंकबीचको मर्जर प्रक्रिया टुंगोमा पुग्नसकेको छैन । मर्जर प्रक्रिया अवरुद्ध गरेर फाइदा लिने दाउमा भने हाल कारागारमा रहेका सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङ रहेको दाबी स्रोतले गरेको छ । स्रोतका अनुसार इच्छाराज तामाङकै इच्छा र स्वार्थअनुसार सिभिल बैंकका हालका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले काम गरिरहेका छन् । प्रमुख कार्यकारी हुनको लागि अनुभव र योग्यताका आधारमा पनि योग्य नभएका पोखरेल उनै इच्छाराजको अनुग्रहमा सिभिल बैंंकमा प्रमुख कार्यकारी भएका हुन् । ‘सोही कारण पोखरेलले इच्छाको हितअनुकूल हुने गरी मर्जर भाँड्ने किसिमबाट काम गरिरहेका छन्’, स्रोत भन्छ ।

स्रोतका अनुसार सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेल पहिला नेपाली हुन्, पछि उनी बर्मा गएर लामो समय बर्मेली नागरिक भएर बसेका थिए । सो पश्चात् भने पुनः नेपाल आई उनले बैंकिङ क्यारियर सुरु गरेका थिए । पोखरेलसँगै क्यारियर सुरु गरेका पोखरेलका अन्य सहकर्मी भने अहिले पनि म्यानेजर पदमा नै छन् । ‘तर पोखरेल भने इच्छाकै अनुग्रहमा बैंकको प्रमुख कार्यकारी अधिकृत भएको हुँदा नुनको सोझो गर्दै हिमालयन बैंकसँगको मर्जर भाँड््न काम गरिरहेका छन्’, स्रोतले भनेको छ ।

हिमालयन बैंक र सिभिल बैंकको बीचमा २०७९ असार २९ गते भएको मर्जर सम्झौता यी दुई बैंकबीचको सेयरको स्वाप रेसियो १००ः८१ अर्थात् सिभिल बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जर भएपश्चात् हिमालयन बैंकमा ८१ कित्ता मात्र सेयर पाउने उल्लेख रहेको थियो । यसैगरी मर्जरपछि बन्ने बैंकको नाम पनि हिमालयन नै रहने र सञ्चालक समितिमा पनि हालको हिमालयन बैंकको सञ्चालक समितिले निरन्तरता पाउने उल्लेख थियो । व्यवस्थापन प्रमुखको रुपमा भने हिमालयन बैंकका अशोक राणा रहने र सहायक प्रमुख कार्यकारी अधिकृतको पदमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल रहने सहमति भएको थियो । तर अहिले भने उनै पोखरेलको तामाङको हित अनुकूल हुने गरी हिमालयन बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध गर्न हात धोएर लागिपरेको आरोप स्रोतको रहेको छ । मर्जरको लागि सम्झौता गर्दा १००ः८१ को सहमति भएकोमा पछिल्लो डीडीएले भने १००ः६० को रेसियो कायम गर्नसक्ने प्रारम्भिक डीडीए रिपोर्ट तयार गर्न लागेको छ । यो भनेको मर्जर भाँड्नकै लागि भएको स्रोतको दाबी छ । पहिला सिभिलमा एक सय कित्ता सेयर हुनेले हिमालयनमा ८१ कित्ता सेयर माउने निर्णय भएकोमा मर्जरको अन्तिम समयमा आएर किन यसरी १००ः६० को सेयर स्वाप रेसियो कायम गर्नसक्ने गरी डीडीए रिपोर्ट तयार हुँदै छ ?’, स्रोतको प्रश्न छ ।

यसको पछाडिको प्रमुख कारण भनेको नै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेल हुन्, स्रोतले भनेको छ । मर्जरको लागि सम्झौता हुँदा पोखरेलले वित्तीय अवस्था राम्रो भएको भन्दै प्रतिवेदन दिएको र हालको अवस्थामा भने इच्छाराजकै इच्छाअनुसार मर्जर भाँड्न सिभिलको अवस्था खराब रहेको देखिने गरी डीडीए रिपोर्ट तयार गर्न लगाएको देखिन्छ, यसले इच्छाराज र पोखरेललाई फाइदा होला तर हामी आम सेयरधनीहरुलाई यसले कदापि फाइदा गर्दैन, स्रोतले भनेको छ ।

यसको पछाडिको प्रमुख कारण भनेको नै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेल हुन्, स्रोतले भनेको छ । मर्जरको लागि सम्झौता हुँदा पोखरेलले वित्तीय अवस्था राम्रो भएको भन्दै प्रतिवेदन दिएको र हालको अवस्थामा भने इच्छाराजकै इच्छाअनुसार मर्जर भाँड्न सिभिलको अवस्था खराब रहेको देखिने गरी डीडीए रिपोर्ट तयार गर्न लगाएको देखिन्छ । यसले इच्छाराज र पोखरेललाई फाइदा होला तर हामी आम सेयरधनीहरुलाई यसले कदापि फाइदा गर्दैन, स्रोतले भनेको छ । यसरी मर्जरको लागि गलतरुपमा डीडीए रिपोर्ट तयारी गरी मर्जरलाई अवरुद्ध गर्न खोजेको भन्दै पछिल्लो समय नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई सोधपुछ गरेको जानकारी पनि स्रोतले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया