Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबझाङमा गठबन्धनका उम्मेदवार विजयी

बझाङमा गठबन्धनका उम्मेदवार विजयी


बझाङ । बझाङमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भए । उनले नेकपा एमालेका ऐन महरलाई नौ सय ९८ मतले पछि पार्दै जित हात पारेका हुन् ।

जोशीले २८ हजार एक सय ४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी महरले २७ हजार एक सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मंगलबार साँझबाट सुरु भएको मतगणनामा बुधबार राति १२ बजे प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको थियो । निवार्चित जोशी यसअघि एक पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य र एक पटक वनमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट गत वर्षमात्रै पार्टी परिवर्तन गरेका जोशी नेकपा एसका स्थायी समिति सदस्य हुन् ।

बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतको अन्तरले पराजित गरेका हुन् । मत गणनाको सुरुदेखि नै अग्रता लिएका सिंहले १७ हजार एक सय १२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए । निर्वाचित सिंह नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट भिम भन्डारी निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का एलबी रावललाई दुई हजार पाँच सय ४२ मतको अन्तरले पराजित गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया