Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरामा ‘ब्लड कोल्ड रुम’ स्थापना हुने

पोखरामा ‘ब्लड कोल्ड रुम’ स्थापना हुने


काठमाडौं । पोखरामा ‘ब्लड कोल्ड रुम’को स्थापना हुनेभएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा पोखराको निमार्णाधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो ।

बिरामीहरूका लागि संकलित ब्लडको ल्याब टेस्टपछि निश्चित समयसम्मको मानइनस ४६ डिग्रीसम्मको कोल्डरुममा अनिवार्यरूपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ । यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा पोखराबीच गतसाता एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले सातवटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिए । उनले संघ रेडक्रसजस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका विभिन्न सहरमा आवश्यक परेको बेला बिरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्ष्मण बानियाँ, गैरआवासीय नेपाली अभियान्ता नारायण थापालगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया