Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार दुई अंकले उकालो लाग्दा डेढ अर्बको किनबेच

सेयरबजार दुई अंकले उकालो लाग्दा डेढ अर्बको किनबेच


काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक दुई दशमलव १६ अंकले उकालो लागेर १९ सय ६३ दशमलव २२ विन्दुमा चढेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले उकालो लागेर तीन सय ८४ दशमलव ८३ विन्दुमा चढ्न सफल भएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ४३ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २६ हजार एक सय ५० पटकको कारोबारमा ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये नौवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् भने चारवटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक नौ दशमलव ४३ अंकले ओरालो लागेर १३ सय ७० दशमलव ३० विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक दशमलव ६१ अंकले ओरालो लागेर तीन हजार चार सय ८३ दशमलव २५ विन्दुमा झरेको छ । यसैगरी फाइनान्स उपसमूहको सूचक पनि नौ दशमलव ९४ अंकले ओरालो लागेर १६ सय १० दशमलव ५० विन्दुमा झरेकोमा उत्पादनमूलक उपसमूहको सूचक पनि १३ दशमलव ४० विन्दुले ओरालो लागेको छ । जलविद्युत् उपसमूहको सूचक भने यस दिन तीन दशमलव ९८ अंकले उकालो लागेर दुई हजार ४० दशमलव ५० विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ८३ दशमलव ३६ अंकले उकालो लागेर नौ हजार चार सय ३० दशमलव २० विन्दुमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ५७ दशमलव ६९ अंकले उकालो लागेर सात हजार सात सय सात दशमलव छ विन्दुमा चढेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमूहहरुको सूचक पनि क्रमशः ४४ दशमलव ५३, शून्य दशमलव ४४, १६ दशमलव ३५, शून्य दशमलव शून्य आठ, १० दशमलव ८५ र १५ दशमलव ४४ विन्दुले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय २१ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य छ दशमलव ५७ प्रतिशतले बढेर पाँच सय १९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक खप्तड लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ दशमलव ११ प्रतिशतले घटेर दुई सय २१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता तीन दशमलव ४० प्रतिशतले घटेर आठ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक पोखरा फाइनान्स, प्रिमियर इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता आठ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ८० लाख ६७ हजार चार सय ९३ रुपैयाँ ४० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता तीन हजार तीन सय ९४ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ७७ लाख १५ हजार एक सय ६६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया