Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिङ्लामा ग्रामीण विद्युतीकरणको काम २५ प्रतिशत

तिङ्लामा ग्रामीण विद्युतीकरणको काम २५ प्रतिशत

सोलुखुम्बु,फागुन २६
सोलुखुम्बुको तिङ्लामा ग्रामीण विद्युतीकरणको काम २५ प्रतिशत सकिएको छ । यथाशीघ्र विद्युतीकरणको माग गर्दै करिब डेढ महिनाअगाडि अन्दोलित भएका तिङ्लालीको मागलाई सम्बोधन गर्नेगरी नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिनाभित्र विद्युतीकरणको काम सक्ने बताए पनि काम सकिएको छैन । हालसम्म साबिकको तिङ्लाको वडा नम्बर ७ र ८ मा ९० प्रतिशत काम सकिएको र बाँकी १,२, ३,४, ५ र ६ मा पोल गाड्ने र तार टाग्ने काम भइरहेको सोलुखुम्बु वितरण केन्द्रले जनाएको छ ।सोलुखुम्बु वितरण केन्द्रका प्रमुख डेगराज पौड्यालले भौगोलिक कठिनाइ, मौसम प्रतिकूल र जनशक्ति अभावका कारण एक महिनामै विद्युतीकरणको काम नसकिएको बताए । केही हप्ताअगाडि तिङ्लावासी र प्राधिकरणबीच भएको बैठकले आगामि वैसाख १ गतेभित्र सबै काम सक्ने गरी सहमति भएको छ । उता, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले आफूले गरेको निर्णय कार्यान्वयनमा नचुकेको दाबी गरेका छन् । अहिले पनि वडा नम्बर ७ र ८ मा विद्युत् बाल्ने वातावरण सिर्जना गरेको तर स्थानीयले सबै वडामा एकै पटक विद्युत् बाल्ने भनेर आफूलाई जानकारी गराएको उनले बताए । सबै ठाउँमा एकै पटक बाल्नुपर्ने मागका कारण केही ढिलाइ भएको उनको भनाइ छ । एक ठाउँ बाल्ने अनि क्रमशः अन्य स्थानमा बाल्ने हो भने अहिले दुई स्थानमा बत्ती बाल्न सक्ने वातावरण रहेको प्राधिकरणले जनाएको छ । तिङ्लाका स्थानीय अगुवा बालकुमार कार्कीले आगामी वैशाखसम्म काम सक्ने गरी स्थानीयको सक्रियतामा काम भइरहेको बताए । आपूmहरूले बत्ती बाल्नको लागि सक्दो सहयोग गरेको उनको भनाइ छ । माघ ४ गते विद्युत् विस्तारको लागि संघीय सांसदसहितको टोली पुगेको समयमा स्थानीयले विरोध जनाएका थिए । विरोधले उग्ररूप लिएपछि झडपको स्थितिसमेत सृजना भएको थियो । जसबाट १४ मोटरसाइकल र १ बोलेरोमा आगजनीसमेत भएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया