Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको नेतृत्व नेताहरूको घरदैलो चहार्दै

महासंघको नेतृत्व नेताहरूको घरदैलो चहार्दै


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग सोमबार छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकोले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उनको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान खुमलटारमा भेट गरेको थियो ।

भेटमा महासंघको टोलीले शीर्ष नेताहरूसमक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतीक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको थियो । महासंघ यतिखेर अर्थतन्त्र जोगाऔँ अभियानमा छ । यद्यपि व्यवसायीले अर्थतन्त्र जोगाउनेभन्दा पनि आफ्ना स्वार्थअनुसार बैंकहरुले ऋण प्रवाह गर्नुपर्ने र त्यसमा राष्ट्र बैंकले पनि सहमति दिनुपर्ने भित्री आशय छ ।

महासंघका अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया