Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्यासको कालोबजारीले सरकारलाई दबाब

ग्यासको कालोबजारीले सरकारलाई दबाब


काठमाण्डौं,फागुन २६

खाना पकाउने एलपी ग्यासको कालोबजारी गर्नेको सरकारमाथि तीव्र दबाब परेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा ग्यास नआउने हल्ला चलाएर कालोबजारी गर्नेहरुले ग्यासको अभाव देखाएका छन् । बजारमा ग्यासको अभाव हुनथालेपछि सरकार थप ग्यास आयात गर्न बाध्य भएको छ । यद्यपि सरकारले ग्यास तथा अन्य खाद्य पदार्थ आवश्यकभन्दा बढी जम्मा नगर्न सर्वसाधारणमा अपिल जारी गरिरहेको छ । सरकारले अपिल जारी गरे पनि बजारमा बिक्रेताहरुले ग्यास तथा खाद्यान्न लुकाउन थालेका छन् । बजारमै ग्यास अभाव हुनथालेपछि नेपाल आयल निगमले भारतबाट विदाको दिनमा पनि ग्यास पठाउन आग्रह गरेको छ । निगमको आग्रहमा भारतले आज फागुन २६ गते र भोलि २७ गते पनि ग्यास पठाउने भएको छ ।

आज पहाडी र भोलि तराईका जिल्लामा होलीको विदा दिइएको छ। विदा दिइए पनि ग्यास आयात र बिक्री जारी रहने निगमले जनाएको छ ।निगमले सोमबार र मंगलबार मात्रै भारतबाट थप एक सय वटा बुलेटमा ग्यास आयात गर्ने छ । एक सयवटा बुलेटमा झण्डै एक लाख २५ हजार सिलिण्डर ग्यास भर्न मिल्छ । सरकारले बारम्बार अभाव हुँदैन भने पनि सर्वसाधारणले नमानेर ग्यास खरिद बढाएका हुन् । नेपालले भारतबाट मात्र पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । बजारमा ग्यास र खाद्य पदार्थको कृत्रिम अभाव सिर्जना गराउन थालेपछि आपूर्ति मन्त्री आफैं बजार अनुगमनका लागि निस्किन थालेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया