Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने आचार्य पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने आचार्य पक्राउ


काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा झापा कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जीव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

यसैगरी उक्त कार्यालयले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । नुवाकोटको साविक ओेखरपौवा गाविस वडा नं ५ हाल परिवर्तित ककनी गाउँपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ६ जरंखु बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई बैंकिङ कसुरमा पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार घिमिरेउपर बैंकिङ कसुर मुद्दामा चार लाख ५० हजार रुपैयाँ बिगो रहेको थियो । उनलाई मंगलबार काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया