विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीले अब्दुल खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा हलचल मच्चिन पुगेको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा राठी कोल इन्डस्ट्रिज उद्योग सञ्चालन गर्दै आएका उद्योगी अरुणकुमार राठीले शैहेन्सा भनिने खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी दिएका हुन् । राठी लामो समयदेखि यस करिडोरमा रहेको राठी कोल उद्योगबाट फेविकल उत्पादन गर्दै आएका उद्योगी हुन् । राठी विराटनगरका उद्योगी, व्यवसायीका साथै भर्खरै सम्पन्न प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट सो पार्टीको प्रदेशसभा सदस्यको समानुपातिकमा बन्दसूचीभित्र रहेका उम्मेदवार पनि हुन् । उनले आफूलाई यही मंसिर १४ गते बिहान साढे ६ बजदेखि साढे १० बजेसम्म खत्ताब र उनको समूहले अपहरण गरी शरीर बन्धक बनाई हातपात गर्दै धाकधम्की दिएर रकम समेत असुल गरेको भन्दै उद्योगी राठीले आरोप लगाएका छन् ।
उद्योगी राठीले आफूलाई विराटनगर–६ सरोचिया पु-याएर खत्ताब र उनको समूहले शरीर बन्धक बनाएर मोटो रकम असुल गरेको राठीले दाबी गरेका छन् । उनले खत्ताब र उनको समूहले ज्यान मार्ने र अरु अपहरणकारीलाई बुझाइदिने धम्की दिएपछि आफू डराएर बच्नका लागि उनीहरूलाई आर्थिक प्रलोभन देखाएर आफू बचेर आएको कुरा जाहेरीमा उल्लेख गरेका छन् । तर सुुनसरी मोरङ औद्योगिक करिडोरका अन्य उद्योगी तथा व्यवसायीहरूले उद्योगी राठी अपहरण प्रकरण वास्तविक हो वा नाटकीय हो भन्ने यकिन नै गर्न नसकेको कुरा बताउन थालेका छन् । जे भए पनि यो अपहरण प्रकरणमा प्रहरी प्रशासनबाट गम्भीर अनुसन्धान हुनुपर्ने अवस्था सिर्जना भएको कुरा करिडोरकै उद्योगी तथा व्यवसायीले बताउन थालेका छन् ।
उता आफू अपहरणमा परेको भन्दै किटानी जाहेरी दिएका उद्योगी राठीले तत्काल चेकबाट १५ लाख रुपैया समेत दिएको र पछि थप १५ लाख दिने भनेर आफू उम्किन सफल भएको कुरा सार्वजनिक समेत गरेका छन् । राठीले आफूले चेक दिएपछि खत्ताबले सो कुरा कसैलाई भने जे पनि हुनसक्ने भन्दै धम्क्याएको र केही दिनपछि परिवारका सदस्यहरूलाई सो घटनाको जानकारी गराएपछि नडराई कानुनी उपचारमा जानुपर्ने आत्मबल बढाएपछि आफूले किटानी जाहेरी दिएको राठीले जानकारी दिएका छन् । उनले खत्ताबको समूहविरुद्ध अनुसन्धान गरी हदैसम्मको सजायको माग गर्दै जाहेरी दिएका छन् ।
राठीले आफू र आफ्नो परिवारका सदस्यहरूको जिउ, ज्यान र सम्पत्तिको सुरक्षाका लागि समेत माग गरेका छन् । उता मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी परेको पुष्टि गरेका छन् । उनले सो विषयमा अनुसन्धान भइरहेको र उद्योगी राठीबाट प्रहरीमा जाहेरी परेको कुरा पुष्टि समेत गरेका छन् । यता फेरि उद्योग संगठन मोरङले प्रहरीले हालसम्म पनि अपहरणकारी पक्राउ गरी कारबाही नगरेको भन्दै अध्यक्ष सुयश प्याकुुरेलले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटी उद्योगी अपहरणका सम्बन्धमा अविलम्ब अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया