१५ करोडको कारोबार गर्दै ‘विराट एक्स्पो’ सम्पन्न
विराटनगर । विराटनगरको डिग्री कलेज मैदानमा मंसिर २९ देखि भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । एक्स्पोमा करिब १५ करोड रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रदर्शनी प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले जानकारी दिए । जटिल एवं प्रतिकुुल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले उद्योग संगठन मोरङले एक्स्पोको आयोजना गरेको थियो । उक्त एक्स्पोमा प्रदर्शक, प्रायोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ ।
एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनीस्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न नसकेको बताए । उनले प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नुुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कृषिका कुरा मात्रै नगरी कृषिबाट उत्पादित कच्चा पदार्थलाई औद्योगिक उत्पादनमा बदल्नु आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले संगठनले २०५३ सालदेखि निरन्तररूपमा एक्स्पो आयोजना गर्दै आएको बताए । एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खड्किरहेको उनको भनाइ थियो । विराटनगरमा स्थायी प्रदर्शनीस्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि सरकारका सबै निकायहरूमा अनुरोध गरिसक्दा समेत यसतर्फ कसैले चासो नदिएको उनको गुनासो थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया