काठमाडौं । नेपाली जाली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ४, रातोपुल बस्ने ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर पक्राउ परेका हुन् ।
उक्त कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार काठमाडौंको तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्देसरह चल्तीमा ल्याई कारोबार गर्न गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा ती व्यक्ति पक्राउ परेका हुन् ।
सो अनुसार निगरानी गर्दै जाँदा कार्यालयबाट खटिएको प्रहरी टोलीले अख्तरलाई नेपाली जाली नोटसहित मंंगलबार काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका अख्तरलाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ को मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बालाजुमा पठाइएको सूचना अधिकृत कोइरालाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया