Techie IT
×
गृहपृष्ठbreakingजनमत पार्टीका कार्यकर्ताद्वारा निजी जग्गा कब्जा

जनमत पार्टीका कार्यकर्ताद्वारा निजी जग्गा कब्जा


काठमाडौं,जिल्लाको हरिपुर नगरपालिका–१ मा रहेको १० कठ्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन् । बिहीबार दिउँसो जनमत पार्टीका जिल्ला नेता त्रिभुवन सिंहको नेतृत्वमा आएका कार्यकर्ताले बरहथवा नगरपालिका –९, घर भएकी निर्मला मैनाली पन्तको नाममा रहेको १० कठ्ठा जग्गा कब्जा गरेको हो ।

मैनालीले स्थानीय उमादेवी महतोलाई झुक्याएर १० कठ्ठा जग्गा आफ्नो नाममा नामसारी पास गरेकाले जग्गा कब्जा गरेको सिंहले दाबी गरे ।महतोको नाममा रहेको १० कठ्ठा जग्गा चलनचल्तीको मूल्यमा २०७८ सालमा खरिद गरेको मैनालीको भनाइ छ ।

जनमत पार्टीले विना जानकारी आफ्नो नाममा रहेको १० कठ्ठा जग्गामा कब्जा गरेर आफूमाथि अन्याय गरेको मैनालीले बताइन् ।मैनालीले २०७८ साल देखि नै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन् । प्रहरीलाई कुनै दल वा समूहले जग्गा कब्जा गरेकोबारे जानकारी नआएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया