चालू पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन स्थगन गर्न चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चालू पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन स्थगन गर्न अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री पौडेलसँग बिहीबार भेटवार्ता गरी राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन कार्यान्वयन गर्न निजी क्षेत्र असमर्थ रहेकाले तत्काल स्थगन गर्नुपर्ने माग गरेको हो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकबाट हालै जारी भएको ‘चालू पुँजी कर्जा मार्गदर्शन २०७९’ ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यावसायिक क्षेत्रमा थप असहज परिस्थितिमा सिर्जना गरेकोले सो मार्गदर्शन स्थगित गरिनुपर्ने बताए । सो मार्गनिर्देशनले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष मल्लको भनाइ छ । साथै चेम्बरले पुँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालू पुँजी कर्जासम्बवन्धी मार्ग निर्देशनको स्थगनलगायतका चेम्बरका तर्फबाट विभिन्न आठ बुँदामा सुझाव समेत दिएको छ । भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने भन्दै अध्यक्ष मल्लले वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भने, ‘भन्सार प्रक्रियामा सन्र्दभ मूल्य कायम हुँदा यसले राजस्व प्रभावित भएको छ र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजस्व संकलनकार्य समेत प्रभावित भएको छ ।’ अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न समेत नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
मुलुकको पुँजीगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजीगत खर्चको ९० प्रतिशतदेखि ९ प्रतिशतसम्म रकम बैंक तथा वित्तीय संस्थामार्फत चलायमान गरिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले उठाएको मागसम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताए । मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको अर्थमन्त्री पौडेलको भनाइ छ । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको अर्थमन्त्री पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया