सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले १७ सय बढी विद्यार्थीको आँखा जाँच गरेको छ । केन्द्रले ‘विद्यालय आँखाजाँच कार्यक्रम’मार्फत सोलुदुधकुण्ड नगरपालिकाको नौवटा विद्यालयमा सञ्चालन गरेको शिविरमार्फत १७ सय १४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो । उक्त कार्यक्रममार्फत आठ सय ६७ छात्रा र आठ सय ४७ जना छात्र लाभान्वित भएको आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिए ।
उनका अनुसार पिके मावि लोदिङका एक सय चार, जुनबेशी मावि जुनबेशीका एक सय दुई, बालेश्वर मावि केरुङका एक सय ३५, सेर्कासिङ आवि नाजिङका ५९ र फाप्लु सामुदायिक आवि फाप्लुका एक सय ८१ जनाले सेवा लिएका छन् ।
यस्तै जनप्रिय मावि टाप्टिङका दुई सय ४५, फाप्लु सामुदायिक मावि फाप्लुका एक सय १५, जनजागृति आवि सल्लेरीका एक सय ६९ र ह्वाइहिल्स मावि सल्लेरीका छ सय चार जना विद्यार्थीको आँखा जाँच गरिएकोे केन्द्रको तथ्यांक छ । गत मंसिर २५ देखि पुस ७ गतेसम्म विद्यालयमा पुगेर सञ्चालन गरिएकोे शिविरमार्फत एक सय ५५ जनालाई चस्मा लगाउन सुझाव दिइएको आँखा कार्यकर्ता दिनेश राईले बताए ।
उक्त शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, हिमालयन क्याट-याक प्रोजेक्ट र सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा सञ्चालन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया