Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल

व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल


विराटनगर । पोस्तादाना आयातको लाइसेन्स लिन विराटनगरका व्यवसायीहरूले गरेको प्रयास असफल भएको खुुल्न पुुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेसँगै लामो समयदेखि पोस्तादाना आयातको लाइसेन्स लिन लागिपरेकाहरूको प्रयास विफल बनेको हो ।

विराटनगरका व्यवसायी प्रदीप मुरारका र दिनेश राठीले १० हजार मेट्रिक टन पोस्तादाना आयातको लाइसेन्स लिन तत्कालीन प्रधानमन्त्री शेरबहादुुर देउवानिकटका शक्ति केन्द्रमा राम्रै लगानी गरेका थिए । तर नयाँ सरकार बनेसँगै उनीहरूले गरेको लगानी बालुवामा पानी खन्याएजस्तै भएको स्रोतको दाबी छ । स्रोतका अनुुसार तत्कालीन प्रधानमन्त्री देउवामार्फत लाइसेन्स लिन लबिङ गरिरहेका व्यवसायीहरू सत्ता समीकरण बदलिएपछि व्यवसायीहरू मुरारका र राठी हाल तनावमा छन् ।

यी व्यापारी नेपालमा प्रयोग नै नहुने पोस्तादाना आयात गरेर भारततिरै निकासी गरेर मोटो रकम कमाउने दाउमा सक्रिय भएर लागेका थिए । सकेसम्म नयाँ सरकार बन्नुअगाडि नै लाइसेन्स लिने र नयाँ सरकार बनिहालेको अवस्थामा पनि देउवा नै पुनः प्रधानमन्त्री बन्ने भन्दै व्यवसायी राठी र मुुरारकाले ठूलै रकम समेत लगानी गरेको स्रोतको दाबी छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले दाहालको नेतृृत्वमा नयाँ सरकार बनेपछि पनि मुरारका र राठी कुनै पनि हालतमा पोस्तादाना आयातको लाइसेन्स हत्याउने गृहकार्यमा अझै आफ्नो सक्रियता बढाएपछि पोस्तादाना आयातको रहस्य खुुलेको हो । तेस्रो मुुलुकबाट १० हजार मेट्रिक टन पोस्तादाना आयात गरेर भारततिर निकासी गर्दा १५ अर्ब बढी नाफा हुने हिसाब निकालेर कारोबारीहरू सरकारबाट लाइसेन्स हत्याउन लागिपरेको विराटनगरका व्यवसायीहरू नै बताउन थालेका छन् ।

तेस्रो मुुलुक टर्कीबाट आयात गरिने पोस्तादाना नेपालमा खासै प्रयोगमा आउँदैन । टर्कीमा यसको मूल्य प्रतिटन २८ सय डलर मात्रै रहेको छ । स्रोतका अनुुसार टर्कीबाट भारतको कोलकता बन्दरगाहसम्म १० हजार मेट्रिक टन पोस्तादाना ल्याउँदा दुई करोड ८० लाख डलर र ३ अर्ब ७० करोड ९१ लाख ६० हजार नेपाली रुपैयाँ लाग्ने आकलन व्यवसायीको छ । अहिले पनि डलरको भाउ एक सय ३२ रुपैयाँ ४७ पैसा हुँदा तीन अर्ब ७० करोड ९१ लाख ६० हजार रुपैयाँको जम्मा लागतमा कोलकत्ता बन्दरगाहसम्म आउने दाबी पनि स्रोतको छ । उक्त १० हजार मेट्रिक टन पोस्तादानालाई नेपाल ल्याउन १० प्रतिशत भन्सार महशुल ३७ करोड नौ लाख १६ हजार रुपैयाँ मात्रै पर्नेछ ।

यसरी कोलकत्तासम्मको आयात खर्च तीन अर्ब ७० करोड ९१ लाख ६० हजार र १० प्रतिशत भन्सार महशुलबापतको ३७ करोड नौ लाख १६ हजार र कोलकतादेखि विराटनगरसम्मको ढुवानी खर्च छ करोड ५० लाख गरी कुल चार अर्ब १४ करोड ५० लाख ७६ हजार रुपैयाँको १३ प्रतिशत भ्याट तिर्नुपर्ने कुुरा बताइन्छ । भ्याटबापत ५३ करोड ८८ लाख ५९ हजार आठ सय ८० रुपैयाँ तिर्नुपर्ने हुन्छ । टर्कीदेखि विराटनगरसम्म १० हजार मेट्रिक टन पोस्तादाना आइपुग्दा सरकारले भ्याट र भन्सार महशुलबापत ९० करोड ९७ लाख ७५ हजार रुपैयाँ राजस्व पाउँछ ।

ढुवानी, भन्सार महशुल र भ्याट सबै तिरिसक्दा १० हजार मेट्रिक टन पोस्तादानाको कुल लागत पाँच अर्ब पाँच करोड ४८ लाख ५१ हजार हुन आउने दाबी कारोबारी व्यवसायीको छ । यसरी एक किलो पोस्तादाना पाँच सय पाँच रुपैयाँ ४८ पैसामा टर्कीदेखि नेपाल आइपुग्छ । जब कि भारतमा एक किलो पोस्तादानाको होलसेल मूल्य नेपाली दुई हजारभन्दा बढी छ । पाँच सय पाँच रुपैयाँ प्रतिकिलोमा आयात गरिएको पोस्तादाना दुई हजार रुपैयाँमा बिक्री गर्दा प्रतिकिलोमै एक हजार चार सय ९५ रुपैयाँ फाइदा हुने देखेर यसको आयात गर्न व्यवसायीहरू लागिपरेको व्यवसायीको दाबी छ ।

No description available.

पोस्तादाना आयात गर्न दिने विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कोटा निर्धारण गर्ने र उक्त कोटा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विभागले आयातको अनुमति दिने कानुुनी प्रावधान रहेको व्यवसायीस्रोतले बताएको छ ।

स्रोतले दिएको जानकारीअनुसार तत्कालीन उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्र प्रसाद बडुको सहयोगमा पोस्तादानाका कारोबारी मुुरारका र राठीले यो प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सबै तयारी पूरा गरिसकेको भए पनि एकाएक कांग्रेस नेतृत्वको गठबन्धन ढलेपछि निर्णय भने हुन नसकेको बताइएको छ । अब भर्खरै बनेको दाहाल नेतृत्वको सरकारले पोस्तादाना आयातको लाइसन्समा दिने वा नदिने भन्ने विषयमा के निर्णय गर्ने हो त्यो हेर्न भने बाँकी नै छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया