Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआईएमएफ प्रमुखको चेतावनी : एक तिहाइ विश्व अर्थतन्त्र यसै वर्ष मन्दीमा

आईएमएफ प्रमुखको चेतावनी : एक तिहाइ विश्व अर्थतन्त्र यसै वर्ष मन्दीमा

नेपालमा पनि खतराको संकेत


काठमाडौं । नेपालभन्दा कयौँ गुणा राम्रो अर्थतन्त्र भएका विश्वका शक्तिशाली देशहरु यो वर्ष अर्थात् सन् २०२३ मा आर्थिक मन्दीमा जाने देखिएको छ । अहिले विश्वमा आर्थिक साम्राज्य जमाएका देशहरु नै आर्थिक मन्दीमा जाने भएपछि नेपालजस्ता न्यून आय भएका देशको समग्र अर्थतन्त्र थप धराशायी हुने देखिन्छ । नेपालमा अहिले नै आम्दानीको भरपर्दो स्रोत नहुँदा आम्दानीभन्दा चालू खर्च मात्रै सवा एक खर्ब भइसकेको छ । यो खाडललाई पुर्न नेपालले विदेशबाट अनुदान सहयोग लिनुपर्ने हुन्छ । तर, अनुदान र ऋण सहयोग दिने देशहरुमै आर्थिक मन्दी आउने प्रक्षेपण सार्वजनिक भएपछि नेपालको अवस्था थप खराब हुने हो कि भन्ने आशंका बढेको छ ।

विश्वको एक तिहाइ अर्थतन्त्र यही वर्ष मन्दीमा जाने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चेतावनी दिएसँगै नेपालको बारेमा पनि थप चिन्ता बढेको छ । संयुक्त राज्य अमेरिका, युरोपेली संघ र चीनको अर्थतन्त्रमा सुस्तता आएसँगै आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले २०२३ गत वर्षभन्दा खराब अवस्थाबाट गुज्रिने बताएकी हुन् ।

खासगरी विश्व अर्थतन्त्रमा युक्रेन युद्ध, बढ्दो मूल्य, उच्च ब्याजदर र चीनमा फैलिएको कोरोनाले असर गरेको छ । गत अक्टोबरमा आईएमएफले आफ्नो सन् २०२३ को लागि विश्व आर्थिक वृद्धिदर अनुमान कटौती गरेको थियो । ‘एक तिहाइ विश्व अर्थतन्त्र मन्दीउन्मुख छन् भन्ने हाम्रो अनुमान छ’, सीबीएससँगको एक अन्तर्वार्तामा जर्जिएभाले भनिन्, ‘जो मन्दीमा छैनन् तिनीहरुका पनि सयौँ लाख मानिसले मन्दीजस्तै अनुभव गर्नेछन् ।’

सिड्नीस्थित मूडिज एनालिटिक्सकी अर्थशास्त्री कट्रिना एलले पनि विश्व अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै आफूहरुको आधारभूत अनुमानले विश्व मन्दी अर्को वर्षमात्रै आउने अनुमान गरे पनि यही वर्ष मन्दी छाउनसक्ने चिन्ता गरिन् । उनका अनुसार मन्दीबाट युरोप त अछूतो हुनेछैन नै, अमेरिका पनि यहीतर्फ उन्मुख रहेको उनको भनाइ छ ।

आईएमएफले युक्रेन युद्ध, उच्च ब्याजदरलगायतलाई कारण देखाउँदै अक्टोबरमा सन् २०२३ को विश्व आर्थिक वृद्धिदर अनुमान कटौती गरेको थियो । त्यसयता चीनले पनि व्यापक कोरोना संक्रमणका बाबजुद आफ्नो शून्य कोभिड नीति हटाएर अर्थतन्त्र खुल्ला गरिसकेको छ ।

जर्जिएभाले विश्वको दोस्रो अर्थतन्त्र चीनका लागि यो वर्ष साह्रै अप्ठ्यारो हुने बताइन् । ‘आगामी केही महिना चीनका लागि कठिन हुनेछ, र चीनको आर्थिक वृद्धिमा यसको प्रभाव नकारात्मक हुनेछ, यो क्षेत्रमै नकारात्मक प्रभाव हुनेछ, विश्व आर्थिक वृद्धिदरमा यसको प्रभाव नकारात्मक हुनेछ’, उनले भनिन् ।

आईएमएफ एक अन्तर्राष्ट्रिय संगठन हो । विश्वका १९० देश यसका सदस्य रहेका छन् । उनीहरुले विश्व अर्थतन्त्रको स्थिरताको लागि प्रयास गर्दै आएका छन् । यसको मुख्य भूमिका भनेको जतिसक्दो चाँडो आर्थिक चेतावनी प्रणालीको रुपमा काम गर्नु हो । जर्जिएभाको पछिल्लो प्रतिक्रिया पनि विश्वका मानिसहरुका लागि चेतावनीस्वरुप आएको हो न कि एसियाका लागि जहाँ सन् २०२२ नै कठिन वर्ष बनिसकेको छ ।

एसियामा महंगी बढ्दै गइरहेको छ । यसको मुख्य कारण युक्रेन युद्ध हो । त्यसैगरी ब्याजदर पनि बढिरहेको छ जसले घर र व्यवसायमा नराम्रो असर गरिरहेको छ । गत हप्ता प्रकाशित विवरणले सन् २०२२ को अन्त्यतिरका चिनियाँ अर्थतन्त्रका कमजोरी औँल्याएको छ । कोरोना संक्रमण व्यापक फैलिएपछि डिसेम्बरका लागि आधिकारिक पर्चेसिङ मेनेजर्स इन्डेक्स (पीएमआई) ले देखाएअनुसार चीनको कारखाना गतिविधि लगातार तेस्रो महिना संकुचित भएको छ र त्यो पनि तीन वर्षयताकै द्रुतगतिमा । त्यही महिनामा घरको मूल्य सय सहरमा लगातार छ महिनासम्म घटेको चीनको एक स्वतन्त्र सम्पत्ति अनुसन्धान कम्पनी चाइना इन्डेक्स एकेडेमीको सर्वेले देखाएको छ ।

शनिबार नीतिगत परिवर्तनपछिको पहिलो सार्वजनिक प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन नयाँ चरणमा प्रवेश गरेको भन्दै अझै धेरै मिहिनेत र एकता प्रदर्शन आवश्यक रहेको बताएका थिए ।

अमेरिकामा आएको आर्थिक गिरावटको अर्थ त्यहाँ चीन र अन्य एसियाली देश थाइल्यान्ड र भियतनामलगायतका वस्तुहरुको माग कम भएको छ । त्यस्तै उच्च ब्याजदरको कारण सापटीलाई समेत महंगो बनाएको छ र यसले कम्पनीहरुलाई लगानी गर्न र व्यवसाय विस्तारमा अनिच्छित बनाएको छ ।

वृद्धिदरको कमीले लगानीकर्ता र देशहरु खासगरी गरिबलाई अत्यावश्यक वस्तु खाद्यान्न र ऊर्जाका लागि अर्थतन्त्रबाट आफ्नो रकम तान्नेतर्फ उन्मुख गराएको छ ।

यस किसिमको आर्थिक सुस्ततामा कुनै मुद्राले बलियो मुद्राविरुद्धको मूल्यांकन गुमाउन सक्छ । त्यस्तै उच्च ब्याजदरको ऋणमाथिको प्रभावले सरकारीस्तरमै अर्थतन्त्रलाई असर गर्छ । विशेषगरी आफ्नो ऋण तिर्न संघर्षरत उदाउँदा बजारलाई असर गर्नसक्छ ।

दशकौँसम्म एसिया प्रशान्त क्षेत्र आफ्नो मुख्य व्यापार साझेदारीका लागि र संकटको समयमा आर्थिक सहायताका लागि चीनमा आश्रित भएको थियो । अहिले एसियाली अर्थतन्त्रले चीनले महामारी व्यवस्थापन कसरी ग¥यो भन्नेले पार्ने अर्थतन्त्रको प्रभावको सामना गरिरहेका छन् । टेस्ला विद्युतीय कार र एप्पल आईफोनहरुजस्ता वस्तु उत्पादकहरु भने बेइजिङले शून्य कोभिड नीति छोडेसँगै लयमा आउने देखिएका छन् । तर तेल र फलामजन्य वस्तुका लागि बढ्दो मागले महँगी बढ्दै गर्दा मूल्य वृद्धि थप हुने देखिएको छ ।

‘चीनले घरेलु कोभिड कडाइमा छुट दिए पनि यो सेतो गोली होइन । त्यसकारण मार्चसम्मको तीन महिना कम्तीमा बजारमा अस्थिरता देखिनेछ’, एलले भनिन् । शार्द क्यापिटलमा रणनीति निर्माता तथा वैकल्पिक सम्पत्तिका प्रमुख बिल ब्लेइनीले आईएमएफो चेतावनीलाई असल संशयको सज्ञा दिए ।

‘विश्व श्रमबजार तुलनात्मक हिसाबले बलियो भए पनि सिर्जना भइरहेका रोजगारी आवश्यकताका हिसाबले उच्च तलबका छैनन् र हामी मन्दीतर्फ जाँदै गर्दा ब्याजदरमा ह्रास देखिएको छैन’, बीबीसी रेडियो ४ सँगको कुराकानीमा उनले भने, ‘त्यसले परिणामको जम्मै शृंखला सिर्जना गर्नेछ जसले बजारलाई सन् २०२३ को पहिलो छ महिनासम्म कम्तीमा चिन्ताग्रस्त अवस्थामा राख्नेछ ।’  बीबीसी


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया