राहदानी विभाग आफैंले ग-यो राहदानी वितरण अवरुद्ध
काठमाडौं । राहदानी विभाग आफैंले बद्मासी गर्दै राहदानी वितरण अवरोध गरेको छ । उसले सिष्टममा खराबी आएर राहदानीसम्बन्धी काम रोकिएको बताए पनि नयाँ सरकारले राहदानी वितरणमा निगरानी गरेर कर्मचारीको बद्मासी पत्ता लगाउने प्रयास गरेपछि त्यहाँ कार्यरत कर्मचारीले नै सिस्टममा गडबढ गरिदिएका हुन् ।
स्रोतका अनुसार विभागका कर्मचारीहरुको बद्मासीको कारण सिस्टम बिगारिएको हो । उसले अहिले राहदानी बनाउन भइरहेको भीड हटाउनको लागि सिस्टम गडबढी भएको जिकिर गरेर अनिश्चितकालका लागि राहदानी वितरण बन्द गरेको हो ।
विभागले मंगलबार विज्ञप्ति प्रकाशित गरी तत्कालका लागि आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरद्ध भएको जनाएको छ । विभागले कर्मचारीको व्यवस्थापन गरेर भीड अनुसार कार्यालय समय थप गरेर भए पनि राहदानी वितरण गर्नुपर्नेमा सेवाग्राहीले विभागमा आउनै रोक्ने प्रयास गरेको हो । यसले खासगरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जानेहरु बढी मर्कामा परेका छन् ।
राहदानी विभागले लापरबाही गरेर भीड बढाएको गुनासो आएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिन अगाडि विभागको निरीक्षण गरेका थिए । उनले निरीक्षणका क्रममा सेवाग्राहीलाई दुःख नदिन भन्दै काम छिटो गर्न सरकारले के गर्न पर्ने हो त्यो प्रस्ताव ल्याउन कर्मचारीलाई भनेका थिए । तर, कर्मचारीहरुले मंगलबारदेखि एकाएक अनिश्चिन कालका लागि राहदानी वितरण नै बन्द गरिदिएका छन् ।
‘सिस्सटम बिगार्ने काम कर्मचारीले नै गरे’, विभागको गेटमा भेटिएका एक सेवाग्राहीले मंगलबार आर्थिक दैनिकसित भने, ‘सिस्टम भनेपछि सबैलाई थाहा नहुने भएको कारण यहाँको भीडा हटाउन कर्मचारीहरुले चलाखी गरेका हुन् । यो भनेको सरकारलाई आलोचित गराउने रचिएको षडयन्त्र मात्रै हो ।’
विभागले केमा के समस्या नभनी समस्या समाधानका लागि निरन्तर कार्य भैरहेको भनेर सेवाग्राही र प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई झुक्याउने प्रयास गरेको छ । लाइन लगाएर नबस्न प्रधानमन्त्रीसहित मन्त्रीहरुले तारन्तार भन्न थालेपछि विभागको नेतृत्वले सिस्टम भनेर वितरण कार्य नै बन्द गरिदिएको हो ।
राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ । पछिल्लो समयमा विभागमा राहदानीका लागि फारम बुझाउने र राहदानी लिनेका भीडा बढेको छ । तर, विभागका कर्मचारीहरुले विकल्प दिन नसकी राहतदानी वितरण नै बनद गरिदिका हुन् । विभागले राहादनी आवेदनका लागि अप्वाइनटेमट डेट बुक गरेकाहरुलाई भने तोकिएको मितिमा बायोमेट्रिकका लागि आउन भनेको छ ।
सरकारले भने मंगलबार नै राहदानी, लाईसेन्स, राष्ट्रिय परिचयपत्र निर्माण र वितरण लगायतका ठाउँमा १५ दिनभित्रमा भीड हटाउन निर्देशन दिएको छ । तर, विभागले भने स्थायी उपायबाट राहदानी बनाउने र वितरण गर्ने कार्यलाई सहज बनाउनुपर्नेमा बन्द नै गरिदिएर सेवाग्राहीप्रति पूर्ण लापरबाही गरेको छ । राहदानी वितरण नै रोकेर विभागका कर्मचारीहरुले लापरबाही गरे पनि सरकारले तत्कल कुनै कारबाही गर्न सक्ने अवस्था छैन । प्राविधिक कुरा देखाएर बन्द गरिदिएपछि विभागका कर्मचारीले आफूमाथि लाग्ने अक्षमताको आरोपबाट मुक्ति लिने कोसिस गरेका हुन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया