विराटनगर बजारमा तस्करीका सामान छ्याप्छ्याप्ती
विराटनगर । विराटनगर बजारमा तस्करी गरी ल्याईएका सामानहरूको बिक्री–वितरण भइरहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा ल्याइएको समानहरू बिक्री–वितरण भइरहेको फेला परेको हो ।
लगातार दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिरहेको अवस्थामा सीमा क्षेत्रबाट चोरी तस्करी भई आउने वस्तुको बिक्री–वितरण हुने क्रम बढेको निष्कर्षसहित कार्यालय बजार अनुगमनमा निस्केको हो । नेपाल–भारतका बीचमा रहेको खुला सीमानाबाट केही सीमित व्यवसायीहरूले कारोबार गर्दै आएको भन्ने सूचनालाई आधार मानेर कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गरेको छ । खुला सीमा रहेको भारतीय बजारबाट भइरहेको तस्करीका कारण राजस्व चुहावट बढेको कार्यालयले जनाएको छ । तस्करी र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गर्न निस्किएको टोलीले अनुगमनलाई केही समय निरन्तरता दिने र बजारमा हस्तक्षेपकारी भूमिकामा जाने निष्कर्ष निकालेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय इटहरी, वाणिज्य कार्यालय विराटनगर र विराट व्यापार संघको प्रतिनिधि सम्मिलित संयुक्त टोलीले बजार अनुगमन गरिरहेको छ । बजार अनुगमन टोेलीले हार्डवेयर पसल, मदिरा पसल, किराना पसल र कपडा पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले तस्करीमार्फत ल्याएर बिक्रीका लागि राखिएका विभिन्न वस्तु समेत नियन्त्रणमा लिएको छ । विशेषगरी खाद्यपदार्थ र चिनी आदि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
अनुगमन टोलीले वस्तुको उत्पादन मिति केरमेट गरिएको ९५ लिटर इनामेल समेत जफत गरेको छ । यस्तै अनुगमन टोलीले व्यवसायीहरूलाई बिलबिजक जारी गर्न, तस्करीको सामान नकिन्न र म्याद सिद्धिएका सामान पसलमा नराख्न समेत निर्देशन दिएको छ । तर पछिल्लो समय भन्सार नतिरी मेसिनरी पार्टपुर्जा, हार्डवेयरका विभिन्न सामानहरू, चिनी, लत्ताकपडा, दुधलगायत विभिन्न किराना वस्तुहरू चोरी तस्करी गरी ल्याउने क्रम ब्यापक बढेको छ । नियमनकारी निकायहरूले विशेषगरी ठूला चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने र अरुबेला बजारलाई बेपर्वाह छाड्ने गरेका कारण तस्करी मौलाएको सरोकारवालाहरूको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया