व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण जरुरी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताएकी छिन् । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको शुक्रकनर उद्घाटन गर्दै उनले हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोहीअनुसार राज्यले संरक्षण गर्नुपर्ने बताइन् ।
‘हालको चुलिँदो व्यापारघाटालाई सन्तुलनमा ल्याउने लक्ष्य प्राप्तिका लागि हस्तकलाको निकासी बढाउनु आवश्यक छ’, उनले भनिन्, ‘यसका निमित्त हस्तकलालाई व्यापक उत्पादनका तहसम्म पु-याउँदै अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै प्रचारप्रसार गरिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महंगो भए पनि खरिद गर्नुपर्ने नीति तथा सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत हस्तकला क्षेत्रलाई संरक्षण र संवर्द्धन गर्न सकिने बताइन् । नेपाली हस्तकलाका उत्पादनहरु मौलिक र सजिलै अरुले नक्कल गर्न नसकिने खालका रहेकाले यसको संसारभर विशिष्ट महत्व रहेको उल्लेख गर्दै उनले यसको उत्पादन कलालाई पुस्तान्तरण गरिनुपर्नेमा समेत जोड दिइन् ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले विदेशी बजारमा वार्षिक १२ अर्बको निकासी रहेको हस्तकला क्षेत्रले पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै टेवा पु¥याइरहेको बताए । मुलुकको व्यापारघाटा कम गर्न तथा स्वदेशी साधन स्रोत उपयोग गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यसलाई राज्यले नीतिगतरुपमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला र पर्यटन क्षेत्र एक अर्काका परिपुरक रहेको उल्लेख गर्दै नेपाली हस्तकलाले नेपाललाई विश्वमा चिनाएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया