सुनचाँदी धितोमा बैंकहरूले दिए ५० अर्ब ६० करोड रुपैयाँ ऋण
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा कटौती गर्ने रणनीति अघि सारे पनि बैंक तथा फाइनान्स कम्पनीहरुले भने अनुत्पादक क्षेत्रमा कर्जा कटौती गर्न सकेका छैनन् । अनुत्पादक कर्जा मानिने र सुनचाँदी धितो शीर्षकमा नै बैंक तथा फाइनान्स कम्पनीहरुले आधा खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नुले पनि अनुत्पादक क्षेत्रमा कर्जा बढेको देखिएको हो ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा प्रवाहसम्बन्धी नेपाल राष्ट्र बैंकको विस्तृत प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा मात्र २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले सुनचाँदी धितोमा मात्र कुल ५० अर्ब ६० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५१ खर्ब ८२ अर्ब ५४ करोड ८० लाख तथा ४७ खर्ब ८३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने चालू आवको कात्तिक मसान्तसम्ममा सुनचाँदी धितो शीर्षकमा मात्र ४५ अर्ब ४९ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले ४५ खर्ब ५९ अर्ब ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरुले भने सुनचाँदी धितो शीर्षकमा कुल चार अर्ब ११ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवको कात्तिक मसान्तसम्ममा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः पाँच खर्ब १८ अर्ब ३६ करोड ८० लाख र चार खर्ब ५८ अर्ब पाँच लाख ७० हजार रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको कात्तिक मसान्तसम्ममा सुनचाँदी धितो शीर्षकमा ९९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब पाँच अर्ब १७ करोड १० लाख र ९२ अर्ब चार करोड ३० लाख रुपैयाँ रहेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया