नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, विश्व बैंकले चालू आर्थिक वर्ष नेपालमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । ग्लोबल इकोनोमिक्स प्रस्पेक्ट्स’ सार्वजनिक गर्दै विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत मात्रै हुने अनुमान गरेको हो ।विश्व बैंकका अनुसार आगामी वर्ष आर्थिक वृद्धिदर झनै घट्नेछ । उसले आगामी वर्षका लागि ४.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको छ । जब कि सरकारले भर्खरै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक रहेको थियो भने सन् २०२० मा ४.२ प्रतिशतले सुधार भएको थियो । सन् २०२१ मा अझै बढेर ५.८ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको अनुमान थियो ।दक्षिण एसियाली देशमध्ये यो वर्ष सबैभन्दा बढी माल्दिभ्सको ८.२ प्रतिशत र सबैभन्दा कम श्रीलंकाको ४.२ प्रतिशतले ऋणात्मक आर्थिक वृद्धि हुने उसको अनुमान छ । त्यस्तै भारतको ६.६ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, भुटानको ४.१ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको आकलन छ ।
अफगानिस्तानको भने तालिबानले सत्ता कब्जा गरेपछि छाएको अनिश्चितताका कारण तथ्यांक एकीन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका अनुसार सन् २०२३ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशत मात्रै हुनेछ । खासगरी सुस्त बाह्य माग र कसिलो वित्तीय अवस्थाका कारण यस क्षेत्रको आर्थिक वृद्धिको गति कम हुने उसको आकलन छ । सन् २०२४ मा भने यस क्षेत्रले ५.८ प्रतिशत आर्थिक वृद्धि गर्ने विश्व बैंकले जनाएको छ । भारत, माल्दिभ्स र नेपालमा आर्थिक वृद्धिका बाबजुद पाकिस्तानको बाढीको असर र श्रीलंका र अफगानिस्तानले भोगिरहेको आर्थिक र राजनीतिक संकटका कारण वृद्धिदर सुस्त हुने विश्व बैंकको प्रक्षेपण रहेको छ ।
यसबाहेक विश्वमा बढिरहेको लगानीप्रतिकूल वातावरणले पनि असर गर्ने उसको आकलन छ । यसमा युक्रेन आक्रमण, कसिलो विश्व वित्तीय स्थिति, कोभिड महामारीको प्रभाव र कतिपय देशको क्षेत्रीय अर्थतन्त्रको जोखिमले पार्ने असरलाई पनि विश्व बैंकले मनन गरेको छ ।उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा
गिरावट आएको विश्व बैंकले जनाएको छ ।
सन् २००९ को विश्व आर्थिक मन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । ‘सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो। विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो’, प्रतिवेदनमा भनिएको छ ।
नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चनेछ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव तीन प्रतिशत विन्दुले न्यून हो। विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर तीन प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण छ ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार, समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया