राष्ट्रिय स्वतन्त्र पाटीका सांसद डा. श्रेष्ठ सहकारी ठगी काण्डमा मुछिए
काठमाडौं,रास्ट्रिय स्वतन्त्रका पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठ सहकारी ठगी काण्डमा मुछिएका छन् ।चुनावको करिब छ महिनाअघि मात्र सञ्चारमाध्यमबाट चर्चामा आएका रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट गत मंसिर ४ गतेको चुनावमा जितपछि समानुपातिक सांसद बनेका डा. श्रेष्ठ अध्यक्ष रहेको बेला पोखराको साथी किसान कृषि सहकारी संस्था लिमिटेडको करिब एक करोड हिनामिना भएको आरोप लागेको छ ।
हिनामिना भएको पैसाको जिम्मेवारी संस्थाका अध्यक्ष समेत रहेका समानुपातिक सांसद डा. श्रेष्ठको रहेको र उनले सो पैसाको हिसाबकिताब नै नगरी पद छोडिहिँडेको भन्दै हालको सञ्चालक समितिले आरोप लगाउँदै सहकारी नै बन्द गरेपछि सो कुरा बाहिर आएको हो ।पोखरा तथा आसपासका कृषकहरुलाई दाना र चल्ला दिने तथा बिक्रीयोग्य कुखुराहरु खरिद गरी कृषकहरुलाई खरिदबिक्रीमा सहजता पु¥याउने उद्देश्यले स्थापना गरिएको सहकारी नै कृषकहरुले दश÷बीस रुपैयाँ गरेर जम्मा गरेको पैसा नै नदिएर बन्द गरेपछि कृषकहरुले विरोध गरेसँगै सहकारीले ठगी गरेको विषय बाहिर आएको थियो ।
सहकारीपीडितहरुले सहकारीबाट पैसा उठाइदिन भन्दै पोखरा महानगरपालिकाको सहकारी विभागमा समेत उजुरी दिएका छन् । त्यसो त तत्कालीन अध्यक्ष डा. श्रेष्ठले आफूले सहकारी तत्कालीन उपाध्यक्षलाई कार्यवाहक दिएर आफू राजनीतिमा लागेको र त्यसपछिको जिम्मेवारी आफ्नो नभएको भन्दै पन्छिने गरेको अहिलेका सञ्चालकहरुले बताउने गरेका छन् ।सांसद डा. श्रेष्ठले तत्कालीन समयमा उपाध्यक्षलाई कार्यवाहक दिएर हिँडे पनि चुनावी प्रचारप्रसार तथा राजनीतिले गर्दा उनले संस्थाको पैसाको हिसाबकिताब नै नबुझाई हिँडेको कोषाध्यक्ष तारापति सुवेदीले बताउने गरेका छन् ।
सांसद डा. श्रेष्ठले आफू राजनीतिमा लागेको र अब संस्थालाई हेर्न नभ्याउने भन्दै गत कात्तिकमा नयाँ कार्यसमिति चयन गराएका थिए । नयाँ कार्यसमितिमा आएका सदस्यहरुले काम गर्दै जाँदा संस्थाको लाखौंको हिसाबकिताब नै नपाएर बचतकर्ताहरुलाई पैसा फिर्ता दिन नसकी संस्था नै बन्द गरेसँगै सांसद डा. श्रेष्ठले ठगी गरेको आरोप लागेको थियो ।
सहकारी स्रोतका अनुसार निवर्तमान संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले हालका सञ्चालक समितिहरु समेत आफैँ मनोनीत गरेर आफूले संस्थामा गरेको कामहरु बाहिर नल्याउन कोशिस गरेका थिए । ‘तर पैसा नै नभएर बचतकर्ताहरुलाई फिर्ता नै दिन नसकेपछि सञ्चालकहरु मनोनीत गरेर आफ्ना मान्छे राखेर मात्र काम नहुने रहेछ’, स्रोतले भन्यो ।
यस विषयमा श्रेष्ठसँग जिज्ञासा राख्दा उनले बाहिर आएका कुराहरु आफ्नो राजनीतिक भविष्य सकाउनका लागि मात्र भएको बताए । उनका अनुसार आफूले लामो समयदेखि कार्यवाहक दिएर हिँडेको र सञ्चालक समिति समेत गठन गरेर, अडिट गरी मासिक करिब सात लाख फाइदा रहेको अवस्थामा सहकारी छोडेको बताए ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै डा. श्रेष्ठले आफूमाथि लागेको आरोपहरु मिथ्या रहेको र आफूले सहकारीबाट एक रुपैयाँ पनि फाइदा नलिएको बरु पोखराका कृषकहरुको लागि राम्रो वातावरण बनाउन खोज्दा माफियाहरुले उल्टै आफैँलाई ठगीको आरोप लगाएर आफ्नो राजनीतिक भविष्य नै सकाउन खोजेको बताए ।
संस्थाका अहिलेका अध्यक्ष डा. शनि पाठक लगायतको सञ्चालक समितिलाई आफूले बुझाउनुपर्ने सबै हिसाबकिताब बुझाइसकेको र नबुझाएको भनी बाहिर आएको विषयहरुमा समेत छलफल गरेर टुंग्याउनकै लागि आफू हतार–हतार पोखरा आएको र शनिबार नै काठमाडौं फर्किनलागेको बताए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
तपाईको प्रतिक्रिया