Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनी प्रादेशिक कार्यालयले बिक्रीवितरण गर्ने क्षेत्रमा इन्धन

लुम्बिनी प्रादेशिक कार्यालयले बिक्रीवितरण गर्ने क्षेत्रमा इन्धन


 बुटवल । लुम्बिनी प्रादेशिक कार्यालयले बिक्रीवितरण गर्ने क्षेत्रमा इन्धनकोे खपत कम भएको छ । नेपाल आयल निगम लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय, भलवारी, रूपन्देहीका अनुसार गत आर्थिक वर्ष २०७८/८९ मा भन्दा चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म इन्धनको खपत कम देखिएको छ ।

कार्यालयका कार्यालय प्रमुख तथा लुम्बिनी प्रदेशका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवका अनुसार गत आर्थिक वर्षको मंसिर मसान्तसम्म पेट्रोल ३२ हजार आठ सय ३२ केल अर्थात् तीन करोड २८ लाख ३२ हजार चार सय ५७ खपत भएको छ भने एक लाख एक हजार एक सय २७ केल अर्थात् दश करोड ११ लाख २७ हजार ५२ लिटर डिजेल खपत भएको छ ।

गत आर्थिक वर्षमा तुलनात्मकरूपमा पेट्रोलमा खपत केही कम भए पनि डिजेलमा अलि बढी नै कम खपत भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म २६ हजार तीन केल अर्थात् दुई करोड ६९ लाख तीन हजार एक सय ८० लिटर पेट्रोल खपत भएको छ भने ६१ हजार सात सय छ केल अर्थात् छ करोड १७ लाख छ हजार छ सय ३५ लिटर डिजेल खपत भएको छ ।

पेट्रोल, डिजेलको खपत कम हुनुमा कार्यालयका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवले इन्धनको मूल्य बढ्नु, विकास निर्माणका कामहरू कम हुनु, उद्योग कलकारखानाहरूमा विद्युत्को पहुँच बढ्दै जाँदा इन्धनको माग घट्नुलगायतका यावत कारणहरू रहेको बताए । उनले ठूलो परिमाणमा इन्धन खपत गर्ने क्षेत्रहरूमध्ये पेट्रोलको खपत गर्नेभन्दा डिजेलको खपत गर्ने क्षेत्र बढी भएकोले तुलनात्मकरूपमा पेट्रोलको भन्दा डिजेलको खपत बढी कम देखिएको बताए ।

निगममा माग भएजति निर्धारित सयममा इन्धन पु¥याउन सक्ने अवस्था भए पनि माग कम हुँदा मागबजोजिम वितरण हुने गरेको बताउँदै यादवले लुम्बिनी प्रादेशिक कार्यालयले बिक्रीवितरण गर्ने आठ जिल्लाहरू रूपन्देही, पाल्पा, नवरपरासी, गुल्मी, बागलुङ, स्याङ्जा, अर्खाखाँची र कपिलवस्तमध्ये केही पहाडी क्षेत्रका जिल्लाहरूमा माग तुलनात्मकरूपमा कम भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया