सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल पसलहरुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने सम्भावना बढेको छ । जिल्लामा सञ्चालित अधिकांश होटल पसलहरुले मूल्यसूचीविना नै आफूखुसी सामग्रीहरु बिक्री गरिँदा उपभोक्ता ठगिने क्रम बढेको हो ।
उपभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका अधिकांश होटल पसलहरुमा मूल्यसूची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले गर्दा उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ । जिल्लाको उद्योग वाणिज्य संघले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भए पनि जिल्लामा उद्योग वाणिज्य संघ निष्क्रिय हुँदा लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको हो ।
हाल सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुमा समेत विना मूल्यसूची खाद्यान्न तथा अन्य सामग्रीहरु बिक्री भइरहेका छन् भने ग्रामीण भेगका सबै पसलहरुमा समेत मनोमानी रुपमा सामग्री बिक्री भइरहेका छन् । जसले गर्दा एउटै सामानको मूल्य पसल नै पिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ ।
पछिल्लो समय खाद्यान्नदेखि अन्य किराना सामग्रीहरुको मूल्य घटबढ भइरहे पनि मूल्यसूची कायम गराउने सवालमा उद्योग वाणिज्य संघ निरीह हुँदा उपभोक्ता मारमा छन् । जिल्लाको उद्योग वाणिज्य संघ निष्क्रिय हुँदा आफूहरुले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको संघका सहसचिव महेश खालिङ राईले स्वीकार गरे ।
जिल्ला सदरमुकाममा पर्ने सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा समेत मूल्यसूची छैन भने थुलुङ दूधकोशी, नेचासल्यान, माप्यदूधकोशी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रको पसल तथा होटलहरुमा मूल्यसूची नभएको सम्बन्धित पालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा मूल्यसूची जिल्लाको कुनै पनि होटल पसलहरुमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ । यदि निर्देशनको अवज्ञा गरे उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन् ।
प्रशासन उपभोक्ता हित संरक्षण गराउने सवालमा निर्मम ढंगले अघि बढेकाले अटेर गर्ने व्यवसायीउपर चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया