जिनी सेहादी (सीएनएन) । यदि तपाईं कडा मिहिनेत गरेर कमाएको पैसा सेयर, ऋणपत्र र अन्य सम्पत्तिमा लगानी गर्नेबारे सोचिरहनुभएको छ भने आफ्नै विनम्रताबाट निर्देशित हुनुहोस् ।
बितेका तीन वर्ष बजारहरु उच्च हिसाबले बढे । महामारी, कहीँकतै भएका हिंसा र युक्रेनमाथिको रुसी आक्रमणबारे थोरैमात्र भविष्यवाणीहरु भए । फलतः सामान्यतया उही दिशामा नचल्ने सेयर र ऋणपत्र (बन्ड्स) हरु गत वर्ष निकै उँधो लागे । यी दुवैले अंग्रेजी नयाँ वर्ष गाढा रातो भएरै अन्त्य गरे । क्रिप्टोकरेन्सी त विस्फोट नै भयो ।
त्यसो भए अब भण्डारमा यो वर्ष (२०२३) का लागि के बाँकी छ त ? अन्तर्राष्ट्रिय मुद्राकोषले त विश्वको एक तिहाइ अर्थतन्त्र नै मन्दीमा जाने भविष्यवाणी गरिसकेको छ । केही विश्लेषकहरु भने गत वर्ष नास्डाकलाई ३० प्रतिशतभन्दा धेरै गिरावट गरेर लघारिएका प्रविधि कम्पनीका सेयरका लागि यो वर्ष उपयुक्त देखिरहेका छन् । यता घरजग्गाका लागि कुनै मतैक्य पाइँदैन । यस्तो विश्व परिदृश्यबीच आफ्नो पोर्टफोलियको व्यवस्थापन कसरी गर्ने त ?
योजनासाथ आउनुहोस्
लगानी गर्न त्यतिबेला गाह्रो हुन्छ जतिबेला तपाईंलाई चाहिएको कुरा र कहिले चाहिने हो भन्नेमा स्पष्ट हुनुहुन्न ।
‘केचाहिँ अनिवार्य कुरा हो भने व्यक्तिगत लगानीकर्ताले पहिला आफ्नो वित्तीय योजना बनाउनुपर्छ, आफ्नो पोर्टफोलियो बनाउनु वा पुनर्सन्तुलित पार्नुअघि आफ्नो उद्देश्य र वित्तीय अवस्थामा स्पष्ट हुनुपर्छ’, लोवास्थित फरेस्ट सिटीमा रहेको ग्रिन स्टोन वेल्थ मेनेजमेन्टका अध्यक्ष तथा प्रमाणीकृत वित्तीय योजना निर्माता टेलर विल्सन भन्छन् ।
यसको अर्थ हाम्रो दीर्घकालीन लक्ष्यप्राप्तिका लागि बुझेर विशेषगरी उच्च महंगीको यो समयमा लिइने जोखिमबारे हामी कति तयार छौँ भनेर आफैँसँग इमानदार हुनु भएको बताउँछन् उनी ।
‘हरेक विविधीकृत पोर्टफोलियोमा विजेता र पराजयीहरु हुन्छन्, तर आफ्नो वित्तीय उद्देश्यप्राप्तिमा लिइने पर्याप्त जोखिम पनि मुख्य कुरा हो’, विल्सन भन्छन् ।
हल्लाको पछि नलाग्नुहोस्
यो वर्ष सेयरहरुका लागि उल्कै राम्रो होस् कि अत्यन्तै खराब, त्यसले तपाईंको लगानीसम्बन्धी निर्णयलाई प्रभावित पार्नुहुँदैन । ‘लगानीमा जब सफलताको कुरा आउँछ, त्यो बजारको समयबारे होइन, बजारमा समयबारे हो’, विल्सन भन्छन् ।
यस्ता कुराबाट जोगिन हामीसँग सानो र केही निश्चित पैसा हरेक महिना सेयर र बन्डहरुको विविधीकृत पोर्टफोलियोबाट टाढै राख्नुपर्छ ।
अनुशासित पोर्टफोलियो कस्तो हुन्छ ?
यदि तपाईं यथोचित लामो समयको धरातलमा हुनुहुन्छ तर ठूलो जोखिम लिन चाहनुहुन्न भने बन्डहरुतर्फका सेयरहरुको एउटा सन्तुलित पोर्टफोलियो अर्को वर्षका लागि उपयुक्त हुनसक्छ ।
मन्दीका डरबीच, विल्सन त्यस्ता सेयरहरुको मूल्यांकन गर्छन् जसले बलियो आधार भएका कम्पनीलाई प्रतिनिधित्व गर्छन् तर ती कम मूल्ययुक्त छन् जो आर्थिक उँधोगतिको समयमा राम्रो प्रस्तुति गर्नसक्छन् । तिनीहरुले सामान्यतया उच्च लाभांश दिन सक्छन्, बलियो आम्दानी मिलाउँछन् र कम मूल्यबाट आम्दानीको अनुपातमा रहन सक्छन् ।
यस्तोमा विल्सनका अनुसार उच्च मानिएका बन्डहरु पनि आकर्षक रोजाइ हुनसक्छन् ।
तर फेरि जो लामो समयको धरातलमा जोखिमका लागि उच्च सहनशील छन्, उनीहरुलाई विल्सन सेयरहरुबीच किन्ने अवसर खोज्न सल्लाह दिन्छन् । ‘राम्रा कम्पनीलाई हेर्नुहोस्, जो धेरै बिक्री भएको छ र त्यस्ता कम्पनीलाई छोड्नुहोस्, जसले आर्थिक उँधोगतिमा टिक्न सक्दैनन् र आम्दानी पनि दिँदैनन्’, उनी भन्छन् । र जागिरे अवकाशको संघारमा पुगेका लगानीकर्ता जसलाई आगामी पाँच वर्षसम्म पैसाका लागि सम्पत्ति संरक्षण अत्यन्तै आवश्यक छ उनीहरुलाई बन्ड ल्याडर बनाउन उनको सल्लाह छ ।
क्रिप्टोप्रति अत्यन्तै सावधान हुनुहोस्
सन् २०२२ मा छाएको ‘क्रिप्टो विन्टर’ले गत वर्ष बिटक्वाइनलाई ६५ प्रतिशत अवमूल्यन गराइदियो । स्थिर मानिएको टेसायूएसडी समेत घटेर मात्र २ सेन्टमा पुग्यो जुन अमेरिकी डलरमा ९८ प्रतिशत गिरावट हो । यही बेला धेरै मुख्य क्रिप्टो प्लेटफर्महरु एफटीएक्स, भोयाजर र सेल्सियस गलत व्यवस्थापन र धोखाधडीको आरोपका कारण सकिए ।
त्यसकारण दीर्घकालीन सम्भावनाको हिसाबले क्रिप्टोप्रति तपाईंको जस्तोसुकै दृष्टिकोण होस्, यी अझै अनियमित, अबीमित छन् । अतः यसमा घाटामै जानका लागि लगानी नगर्नुहोस् ।
फ्युचर अफ यू वेल्थका संस्थापक तथा प्रमाणीकृत वित्तीय सल्लाहकार रायन स्टर्लिङ पोर्टफोलियोमा ५ लाख डलर कम्तीमा भएका आफ्ना सेवाग्राहीलाई उनीहरुको कुल पोर्टफोलियोको तीन प्रतिशतभन्दा मुनिमात्र क्रिप्टोमा सीमित हुन सल्लाह दिन्छन् ।
र यदि त्यो उनीहरुको सुरुवाती वितरणभन्दा मुनि झर्छ, त्यसपछि छाडिदिन स्टर्लिङको सल्लाह छ । ‘अर्को भनाइमा, यदि बिटक्वाइन एउटा सेवाग्राहीको वितरणको तीन प्रतिशत थियो र यो एक प्रतिशतमा झ-यो भने म उनीहरुलाई फेरि तीन प्रतिशतमा नै पुग्ने गरी रिब्यालेन्स गर्ने सल्लाह दिन्न ।’
आफ्नो सीमाको ख्याल गर्नुहोस्
तपाईं जतिसुकै चलाख वा शिक्षित किन हुनुहुन्न, सम्भवतः तपाईं त्यति ठूलो लगानीकर्ता पनि हुनुहुन्न । चिन्ता नगर्नुहोस्– यो तपाईं होइन, तपाईंको प्रजाति हो ।
व्यवहारगत वित्त विज्ञ ड्यानियल क्रसबीका अनुसार त्यो किनभने मानिसहरु आफ्नै आधाररेखालाई चोट पु-याउने गरी सजिलै केही निश्चित हौवाबाजीमा फस्नसक्छन् ।
दबाब महशुस गरेर, नकारात्मक सूचनामा बढी केन्द्रित भएर र अनुमानकै भरमा विजेता बन्न सक्ने सोचले तपाईंको लगानीसम्बन्धी निर्णयले बिगार्न सक्ने ड्यानियलको भनाइ छ ।
तर ती हौवाबाजीलाई जानेर, तिनीहरुकै वरिपरि काम गरेर पनि तिनका असरलाई नकार्न सकिने उनी बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया