सोलुखुम्बुमा अवैधरूपमा नौवटा क्रसर उद्योग सञ्चालन
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कानुनविपरीत नौवटा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी र सोताङ गाउँपालिका क्षेत्रमा गरी नौवटा क्रसर उद्योगहरू अवैधरूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
हाल सोलुदुधकुण्ड नगरपालिका– २ मा सोलुखुम्बु कंक्रिट इन्डस्ट्रिज प्रालि, बेनी हाइड्रो र माथिल्लो सोलुखोला जलविद्युत् आयोजना, सोलुदुधकुण्ड नगरपालिका– ११ मा तल्लो सोलु जलविद्युत् आयोजना (हेड वर्क) र तल्लो सोलु जलविद्युत् आयोजना (पावर हाउस), थुलुङ दुधकोशी गाउँपालिका– २ मा खाम्पाचे शेर्पा निर्माण सेवा र युनुकुली कर्सर निर्माण सेवा र सोताङ गाउँपालिका– ५ मा हुगा कन्ट्रक्सन प्रालि सञ्चालनमा रहेका छन् । जसमा छवटा क्रसर उद्योग हाल सञ्चालनमा छन् भने बाँकी तीनवटा सञ्चालनमा नरहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।
उक्त क्रसरहरू दर्ता भएको दाबी गरिए पनि घरेलु तथा साना उद्योग कार्यालयमा भने कुनै पनि उद्योग दर्ता नभएको पाइएको छ । त्यस्ता उद्योगहरू घरेलुमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था भए पनि उद्योगहरूले हाइड्रोपावर तथा अन्य कारण देखाएर दर्ता नगरेको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया