सगरमाथा क्षेत्रका ९० प्रतिशत बढी होटल बन्द
सोलुखुम्बु,विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्रका अधिकांश होटल बन्द भएका छन् । चिसो बढेसँगै सगरमाथा क्षेत्रका करिब ९० प्रतिशतभन्दा बढी होटलहरु बन्द भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
सिजनमा पर्यटकले खचाखच भरिने सगरमाथा क्षेत्रको अधिकांश होटलहरु यतिखेर भने बन्द छन् । यस्तै होटल सञ्चालकहरु जाडो छल्न अन्यत्र गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार होटल, पसल बन्द भएसँगै खुम्बु क्षेत्र सुनसान नै बनेको छ । पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु चिसो अधिक बढेसँगै सुनसान बनेका हुन् । पर्यटनको मध्य‘सिजन’मा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ–धौ परेका होटल व्यवसायीहरु यतिखेर घुमफिरमा निस्किएका छन् ।
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका स्थानका अधिकांश होटल व्यवसायीहरु चिसो छल्न काठमाडौँ गएका छन् भने कतिपय भ्रमण तथा तीर्थका लागि लुम्बिनी, पोखरा, भारत लगायतका स्थानमा जाने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
‘सिजन’मा व्यस्त हुने निकुञ्ज कार्यलय समेत हाल फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपेष्टले जनाएको छ । यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन् ।
‘सिजन’मा कडा मिहिनेत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ । चिसो क्रमिक रुपले बढेसँगै सगरमाथा क्षेत्रमा कर्मचारी तथा सुरक्षाकर्मीबाहेक अन्य नागरिकहरु देखिन छोडेका छन् । नाम्चे क्षेत्रको तापक्रम अहिले माइनस १० डिग्रीभन्दा तल झरेको छ । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतमा अहिले पर्यटकको चहलपहल अत्यन्तै कम रहेको छ ।सुवास दर्नाल
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया