Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२३ सदस्यीय मन्त्रिपरिषद्

२३ सदस्यीय मन्त्रिपरिषद्


काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तीन जना राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री दाहालले राज्यमन्त्रीसहित पाँच महिलालाई मन्त्रिपरिषद्मा सहभागिता गराएका छन् ।

मन्त्रालय बाँडफाँटको क्रममा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय राजेन्द्रप्रसाद लिङ्देन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्मा, सहरी विकास मन्त्रालय विक्रम पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्रालय ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय राजेन्द्रकुमार राई, खानेपानी मन्त्रालय अब्दुल खान, परराष्ट्र मन्त्रालय डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पदम गिरीलाई दिइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भगवती चौधरी, रक्षा हरिप्रसाद उप्रेती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासन अमनलाल मोदी, शिक्षा, विज्ञान तथा प्रविधि शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा डोलप्रसाद अर्याल, कानुन, न्याय तथा संसदीय मामिला ध्रुवबहादुर प्रधान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी भने दिपक बहादुर सिंहलाई
दिइएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद् विस्तार सिफारिसपश्चात् राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन् । राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्रीपदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साथै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री दाहालसमक्ष नवनियुक्त राज्यमन्त्रीहरु डा. तोसिमा कार्की र दिपक बहादुर सिंहले संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए ।योसँगै प्रधानमन्त्री दाहालले नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री, तीन राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद्को समूह रहेको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तारको क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विष्णुप्रसाद पौडेललाई उपप्रधानसहित अर्थ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द) का नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्रता पार्टीबाट रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्रीमा नेतृत्व दिएको थियो । गठबन्धन सरकार भएको हुदाँ अझै पनि गठबन्धन दलका सदस्यहरु सरकारमा सहभागी भएका छैनन् ।

मन्त्रिपरिषद् विस्तारसँगै भने जनमत पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । प्रधानमन्त्री दाहाल र जनमत पार्टीबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै जनमत पार्टी खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न गएको छैन । दाहाल नेतृत्वको वर्तमान सरकारलाई बलियो सरकारको संज्ञा दिएको छ । सातदलीय गठबन्धन रहेको वर्तमान सरकारलाई ९९ प्रतिशत अर्थात् दुई सय ६८ जना सांसदको समर्थन छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालको सत्ता गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दल छन् ।

No description available.

No description available.

मन्त्रिपरिषद्मा नयाँका साथै विवादास्पद अनुहार
प्रधानमन्त्री पुष्पकमल दाहालले विस्तार गरेको २३ सदस्यीय मन्त्रिपरिषद्मा नयाँका साथै विवादास्पद अनुहार नागरिकले देख्न पाएका छन् । अधिकांश नयाँ अनुहार रहेका मन्त्रिपरिषद्मा विक्रम पाण्डे, डोलप्रसाद अर्याललगायत विवादास्पद व्यक्तिहरु समेत छन् । क वर्गको कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक रहेका पाण्डेले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपेका छन् भने सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालिका लगानीकर्तामध्ये एक रहेका अर्यालमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया