काठमाडौ । ललितपुर महानगरपालिका १४ मा रहेको कान्तिपुर कोलोनी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारणसभाले विष्टलाई निर्विरोध निर्वाचित गरेको हो ।
वडाध्यक्ष अमृत जंग महत, सातदोबाटो प्रहरी प्रमुख डीएसपी मदन केसी, पूर्वसीडीओ जितेन्द्र बहादुर भण्डारी, आरआर कलेजका पूर्वक्याम्पस प्रमुख, रामप्रसाद भटराईलगायतको उपस्थितिमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्टले टोल विकासको जिम्मेवारी थपिएको उल्लेख गर्दै बत्ती, ढल, खानेपानी, सडक सुधारका साथै स्वच्छ, सुन्दर र हरियाली टोल विकासमा इमानदारपूर्वक काम गर्ने बताए । सितोकराँतेको पूर्वराष्ट्रिय खेलाडी, केआईएफ कुरोदय (सेल्फडिकेन्स) संघका केन्द्रीय महासचिव तथा प्रमुख प्रशिक्षक समेत रहेका विष्टले मानवीय सेवामा कार्य गर्दै आएका छन् । विष्टले महिला हिंसाविरुद्ध तथा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा मुख्य प्रशिक्षक रही देशमा हत्याहिंसा बलात्कारजस्ता अपराध न्यूनीकरण गर्ने अभियानमा देशैभरिका जिल्लामा आत्मारक्षासम्बन्धी तालिम समेत सञ्चालन गरेका छन् ।
१३औँ साग खेलकुद प्रतियोगितामा मूल्यांकन निरिक्षण तथा अनुगमन समितिका सदस्य र ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोह उपसमिति सदस्यको रूपमा समेत काम गरेका विष्टले आत्मारक्षासम्बन्धी तालिम नेदरल्याण्ड्बाट प्रशिक्षक भई राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको महिला सशक्तीकरण कार्यक्रममा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया