निर्देशन अटेर गर्ने तीनवटा ब्रोकर कम्पनी कारबाहीमा
बोर्डले तिरायो १० देखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना
काठमाडौं । निर्देशन अटेर गर्ने तीनवटा ब्रोकर कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले कारबाहीस्वरुप १० देखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना तिराएको छ । बोर्डका सहायक प्रवक्ता तेज प्रसाद देवकोटाका अनुसार स्टक ब्रोकर नं. ४२ रहेको सनी सेक्युरिटिज कम्पनी लिमिटेड, स्टक ब्रोकर नं. २९ रहेको त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र स्टक ब्रोकर नं. ४५ रहेको इम्पेरियल सेक्युरिटिज लिमिटेडलाई कारबाहीस्वरुप नगद जरिवाना तिराइएको हो ।
कारबाहीमा परेकामध्ये सनी सेक्युरिटिज कम्पनी लिमिटेडले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम कारबाही गरिएको हो । कारबाहीअन्तर्गत सनी सेक्युरिटिजलाई बोर्डले १० हजार रुपैयाँ जरिवाना तिराएको सहायक प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसैगरी त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेडले पनि (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगरेको आधारमा उक्त कम्पनीलाई ७५ हजार रुपैयाँ नगद जरिवाना तिराइएको सहायक प्रवक्ता देवकोटाको भनाइ छ । कारबाहीमा परेको इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिले पनि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश गरेको छैन । सोही आधारमा उक्त कम्पनीलाई कारबाहीस्वरुप ७५ हजार रुपैयाँ नगद जरिवाना तिराइएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कारबाहीमा परेका कम्पनीहरुमध्ये सनी सेक्युरिटिजको केन्द्रीय कार्यालय नक्सालमा छ भने उक्त कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेल छन् । यसैगरी इम्पेरियल सेक्युरिटिजको केन्द्रीय कार्यालय अनामनगरमा रहेको छ भने उक्त कम्पनीका कार्यकारी अध्यक्ष भक्तिराम घिमिरे रहेका छन् । कारबाहीमा परेको त्रिशुल सेक्युरिटिज कम्पनीको केन्द्रीय कार्यालय भने पुतलीसडकमा रहेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया