काठमाडौं, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवलाई सरुवा गरेको छ । बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पत्रकारहरुलाई दिएको जानकारीअनुसार भौतिक मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवलाई सरुवा गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले भौतिक सचिव सिग्देललाई सिँचाइ मन्त्रालयमा र सिँचाइ मन्त्रालयका शर्मालाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो । दुवै जना सचिव भौतिक मन्त्रालयअन्तर्गतको सडक विभागका पूर्वमहानिर्देशक हुन् । सचिव भएपछि नेपाल ट्रष्टको कार्यालय हुँदै सिग्देल भौतिक मन्त्रालय पुगेका थिए भने शर्मा सचिव भएपछि सिँचाइमा आएका थिए ।
उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठसँग नारायणघाट–बुटवल सडकको स्थलगत निरीक्षण गरेर बुधबार करिब ४ बजे मात्र मन्त्रालय आएका सचिव सिग्देललाई ५ बजे बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।
बुधबारकै मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद् बैठकले विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारीहरुलाई राख्नुपर्ने निर्णय पनि गरेको छ ।
बैठकले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ४० रुपैयाँ तोकेका छ । उखु ढुवानीको भाडा भने सरकारले नै व्यहोर्ने भएको छ । त्यस्तो भाडा प्रतिक्विन्टल सत्तरी रुपैयाँ तोकिएको छ । यस्तै, विभूषण वितरण गर्नेसम्बन्धी मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया