काठमाडौं । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखराको होटल स्नोल्यान्डमा आयोजित एक समारोहबीच पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. वीरबहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नवगठित प्रदेश समितिको उपाध्यक्षमा देवीलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्ताकोटी (शंकर पेपर वर्क्स प्रालि), कोषाध्यक्षमा सूर्य रोक्का (नबिल बैंक लि. गण्डकी प्रदेश) चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दुर्गा प्रसाद हुमागाई (सफल मिडिया हाउस प्रालि), गणेश बहादुर थापा (होटल स्नोल्यान्ड, लेकसाइड), प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज) र सीए अमित थापा (हिमश्री फुड) चयन भएका निर्वाचन समितिका संयोजक दिलिप पौडेलले जानकारी दिए ।
गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघले हालसम्म गरेका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नवनियुक्त अध्यक्ष डा. वीर बहादुर कार्कीको, दविलाल शर्मालगायतले बोलेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया